![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौं — मुक्तिनाथसम्म केबल कार निर्माण गरी सञ्चालन गर्ने सम्बन्धमा लगानी बोर्ड र प्रबद्र्धक कम्पनीबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म ८३ किलोमिटर केबल कार निर्माण तथा सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षरपछि लगानी बोर्डले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त परियोजनाका लागि ३५ करोड अमेरिकी डलर हालको मूल्यमा ३९ अर्ब २० करोड रुपैयाँ लाग्ने अनुमान छ ।
केबल कारको उक्त ८३.६५ किलोमिटर लाइनमा ६ वटा स्टेसन रहने विज्ञप्तिमा उल्लेख छ ।
समझदारीपत्रमा हस्ताक्षर भएको मितिले १८ महिनाभित्र डीपीआर तयार गरी लगानी बोर्ड समक्ष पेश गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
—अन्नपूर्ण
FACEBOOK COMMENTS