काठमाडौं, बैशाख २६- संघीय संसदमा भवन परिसरमाबाट स्वाब संकलन गरि परीक्षण गरिएका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको संसद सचिवालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका सबै ४४० जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । तीमध्ये २१२ सांसद र बाँकी संसद् सचिवालयका कर्मचारी हुन् ।
उनीहरु सबैको संसद् भवन नयाँ बानेश्वरमा स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो ।
आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदैछ । कोरोनोको जोखिम हुन नदिन सांसद् र कर्मचारीको अनिवार्य पीसीआर परीक्षण गरिएको थियो ।महाशाखा निर्देशक डा पाण्डेका अनुसार बिहीबार परीक्षण नभएका सांसदको आज पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । रासस
FACEBOOK COMMENTS