काठमाण्डौँ — देशभरका ४४ आन्तरिक विमानस्थलमध्ये १७ वटामा मात्र नियमित उडान भइरहेको छ ।
सातवटामा आंशिक उडान हुन्छ भने बाँकी २० पूर्ण रूपमा बन्द छन् ।
सरकारी स्वामित्वको वायुसेवा निगमले दुर्गममा फाट्टफुट्ट उडान गर्दै आएको छ ।
फाइदा नहुने जिल्लामा निजी वायुसेवा कम्पनी सेवा दिन मान्दैनन् ।
कर्णाली प्रदेशमा ९ विमानस्थल छन् ।
कुनै बेला सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका ७ वटै विमानस्थल सञ्चालनमा थिए ।
डडेलधुराबाहेक सबै जिल्लामा विमानस्थल भए पनि बाजुराको कोल्टी र अछामको साँफेबगर मात्रै सञ्चालनमा छन् ।
— कान्तिपुर
FACEBOOK COMMENTS