काठमाडौं, माघ २६ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आइतबारेदेखि नै उछाल आइरहेको छ । हिजो आइतबार ४८.७४ अंकले बढेर दुई नयाँ रेकर्ड कायम गरेको नेप्सेमा आज (सोमबार) पनि उछाल आएको हो ।
आज नेप्से ३७.४८ अंकले बढेर दुई हजार पाँच सय ६१ दशमलब ४७ विन्दुमा पुगेको छ । आज कारोबार शुरु भएको केहिबेरमै नेप्से दुई हजार पाँच सय ६३ दशमलब ३० विन्दुमा पुगेको थियो । यो विन्दु हालसम्मकै उच्च हो । यसअघि २०७७ माघ २५ गते आइतबार नेप्से दुई हजार पाँच सय २४ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।
त्यस्तै, आज नेप्सेमा १० अर्ब ६१ करोडको कारोबार भएको छ भने कारोबार भएका १२ समूह मध्ये ५ समूह घटेका छन् अन्य ७ समूह बढेका छन् ।
FACEBOOK COMMENTS