![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यका सडकमा रहेका खाल्डाखुल्डी पुर्न निर्देशन दिएको ५० दिन बित्दा पनि चाबहिल जोरपाटी सडकखण्डका खाल्डाखुल्डी पुरीएको छैन।
प्रधानमन्त्रीले असार २७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री, मन्त्रालयका सचिव, सडक विभागका प्रमुखलाई कार्यालयमा बोलाएर कंलकी-थानकोट, चाबहिल-जोरपाटी-बौद्ध सडक तत्काल स्तरोन्नति सहित कालोपत्रे गर्न निर्देशन दिएका थिए ।
तर, अझै स-साना खाल्डाखुल्डी यथावत रहेको र पानी जमेको भेटिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
साथै विज्ञप्तिमा विद्युत र टेलिफोनका पोल तथा तार हटाउने कार्य प्रतिवद्धता जनाएअनुसार नभएको उल्लेख छ ।
— नागरीक
FACEBOOK COMMENTS