काठमाण्डौँ — एनआईसी एशिया बैंक लिमिटेडले वल्र्ड रेमिट लिमिटेड सँगको सहकार्यमा ५० भन्दा बढी देशबाट इनवार्ड रेमिट्यान्सको सुरुवात गरेको छ ।
बैंकले यस सम्बन्धमा वल्र्ड रेमिट लिमिटेड, यूकेसँग सम्झौता गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरिसकेको छ ।
उक्त सम्झौताअनुसार वल्र्ड रेमिटमार्फत कतार, साउदी अरेयिबा, दुबई, कुबेत, जापान, क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्ड, बेलायत, अमेरिका र युरोप लगायत विभिन्न ५० भन्दा बढी देशमा रहेका नेपालीहरुले पठाएको रेमिट्यान्सको भुक्तानी आफन्तहरुले एनआईशी एशिया बैंकबाट भुक्तानी लिन सक्नेछन् ।
नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले तुरुन्त भुक्तानी पाउने गरी बैंकका मुलुकभर फैलिएको २७० वटा शाखा कार्यालयहरु तथा ६,७०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने बताइएको छ ।
FACEBOOK COMMENTS