![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – नेपाल सरकारको कुल ऋण ८ खर्ब ९४ अर्ब ७८ करोड पुगेको छ।
सरकारी खर्च बढ्दै जाँदा ५ वर्षको अन्तरालमा ६१।६५ प्रतिशतले राष्ट्रिय ऋण बढेको छ।
५ वर्षअघि आर्थिक वर्ष २०७०र७१ मा यस्तो ऋण पाँच खर्ब ५३ अर्ब ५० करोड थियो।
एक वर्षमा एक खर्ब ९७ अर्ब १० करोडले पुँजी बढेको छ।
गत आर्थिक वर्षसम्म यस्तो ६ खर्ब ९७ अर्ब ६८ करोड थियो।
ऋण लिएको रकम उत्पादनमूलक क्षेत्रमा खर्च भएमा अर्थतन्त्रलाई बलियो बनाउने अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीले बताए।
एक वर्षको अन्तरालमा प्रतिव्यक्ति ६ हजार चार सय चार रूपैयाँले ऋणभार थपिएको छ।
सरकारले लिएको ऋणको ब्याज भुक्तान प्रवृत्ति हेर्दा आन्तरिक ऋण थोरै तर ब्याज भने धेरै भुक्तान भएको देखिन्छ।
वैदेशिक ऋण धेरै तर ब्याज भुक्तान भने कम छ।
आन्तरिकभन्दा वैदेशिक ऋणको ब्याज कम हुने भएकाले सरकारले आन्तरिकतर्फ धेरै ब्याज तिर्नु परेकाले ब्याज बढी देखिएको हो।
– अन्नपूण्र्न
FACEBOOK COMMENTS