काठमाडौं, वैशाख २२ – बुधबार नेप्से परिसूचक ५ दशमलव ०९ अंकले घटेर २ हजार ६ सय ४९ दशमलव ६० अंकमा झरेको छ । कारोबार रकम ६ अर्ब नाघेको छ । दिनभर भएका ७८ हजार ७ सय ७१ कारोबारबाट १ करोड ४८ लाख ६७ हजार ९ सय ९५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३ सय १३ रुपैयाँ पुगेको छ ।
लगातार मूल्य बढिरहेको विशाल बजार कम्पनी र महिला लघुवित्तको सेयर मूल्य आज पनि करिब १० प्रतिशतले बढेको छ । अर्को रैराङ हाइड्रोपावरको सेयर मूल्य पनि आज १० प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS