काठमाडौं, जेठ ९ – आइतबार नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १९३ जना संक्रमितको मृत्यु भयो । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार ३४६ जना पुगेको छ ।
मृतकमध्ये सबै भन्दा बढी ६० वर्ष भन्दा माथिका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरणअनुसार ६० वर्ष भन्दा बढी उमेर समूहका ३ हजार ४७१ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ५० वर्षदेखि ५९ वर्ष उमेर समूहका १ हजार २०९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
त्यसैगरी ४० वर्षदेखि ४९ वर्ष उमेर समूहका ८९२ जना, ३० वर्षदेखि ३९ वर्ष उमेर समूहका ५३६ जना, २० वर्षदेखि २९ वर्ष उमेर समूहका १७४ जना, १० वर्षदेखि १९ वर्ष उमेर समूहका ३२ जना र ९ वर्ष भन्दा कम उमेर समूहका ३२ जना संक्रमितले हालसम्म ज्यान गुमाएका छन् ।
हालसम्मको तथ्याङ्क अनुसार नेपालमा जति बढी उमेर त्यति नै मृत्युको सम्भावना बढी भएको देखाउँछ । त्यस्तै नेपालमा फैलिएको दोस्रो भेरियन्टबाट बालबालिका जोखिममा रहेको चर्चा गरिए पनि तथ्याङ्कले त्यस्तो देखाएको छैन ।
कोरोना संक्रमणबाट आज १९३ जनाको मृत्यु, ७ हजार ९१४ जना संक्रमित थपिए
FACEBOOK COMMENTS