![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पछिल्लो ६ महिनामा एक दर्जन कृषिसम्बन्धी ऐन र नीति ल्याएको जनाएको छ ।
मन्त्रालय गठनको ६ महिनाका मुख्य उपलब्धि सार्वजनिक गर्दै मंगलबार यो जानकारी दिइएको हो ।
असोज ३ गतेसम्म संविधानमा व्यवस्था भएका मौलिक हकसम्बन्धी विधेयकहरु तयार गरिसक्नु पर्ने प्रावधानअनुसार मन्त्रालयले पनि विषयगत विधेयक तयारी समयमै पूरा गरेको मन्त्री चक्रपाणी खनालले बताए ।
मन्त्रालयले मस्यौदा तयार गरेका खाद्य तथा खाद्य सम्प्रभुतासम्बन्धी विधयेक संसद्बाट पारित भइसकेका छन् भने जीवनासक बिषादी व्यवस्थापनसम्बन्धी व्यवस्थागर्न बनेको विधयेक पनि मन्त्रिपरिषद्बाट पास भइसकेको खनालले जानकारी गराए ।
— राजधानी
FACEBOOK COMMENTS