काठमाण्डौँ — आन्तरिक राजश्व कार्यालय नेपालगन्ज चालू आर्थिक वर्षको ६ महिनामा राजस्व संकलन गर्न लक्ष्य नजिक पुगेको छ ।
कार्यालयले चालू आ.व.को साउनदेखि पुससम्म १ अर्ब ६५ करोड १२ लाख ५८ हजार राजस्व संकलन गरेको हो ।
यो लक्ष्यको ९७.०८ प्रतिशत भएको कार्यालयले जनाएको छ ।
कार्यालयले चालू आर्थिक वर्षको यो अवधिमा १ अर्ब ७० करोड ८ लाख ६२ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।
आन्तरिक राजश्व कार्यालय नेपालगन्ज चालू आर्थिक वर्षको ६ महिनामा राजस्व संकलन गर्न लक्ष्य नजिक पुगेको कार्यालयका प्रमुख कर अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।
— कारोबार
FACEBOOK COMMENTS