काठमाण्डौँ — रसुवाको टिमुरेमा अक्टोबरबाट सुक्खा बन्दरगाह निर्माण सुरु हुने भएको छ ।
द आर्किटेक्चरल रिकोनाइसेन्स एन्ड डिजाइन इन्स्टिच्युट अफ टिबेट अटोनोमस रिजन कम्पनीले टिमुरेमा निर्माण हुने सुक्खा बन्दरगाहको लागत स्टिमेटसहितको फाइनल डिजाइन तयार गरिसकेको छ ।
कम्पनीले फाइनल डिजाइन एक महिना अगाडि टिबेट डिर्पाटमेन्ट अफ कमर्सलाई बुझाएको थियो ।
फाइनल डिजाइन तयार गर्नका लागि नेपाल सरकार र चीन सरकारबीच सन् २०१८ जनवरी १५ मा हस्ताक्षर भएको थियो ।
‘अक्टोबरसम्ममा बन्दरगाह निर्माणका लागि कम्पनी छनोट गरी काम सुरु गर्ने कुरा चिनियाँ अधिकारीहरूले बताएका छन् ।
चीनसँगको व्यापार सहजीकरण गर्नका लागि रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह निर्माण हुन लागेको हो ।
— कान्तिपुर
FACEBOOK COMMENTS