काठमाडौं, वैशाख ३० – अक्सिजन आयातका लागि डलर सटही सुविधाको सीमा नलाग्ने भएको छ । कोरोना महामारीको त्रास बढ्दै गएको र अक्सिजनको समेत अभाव देखिएको भन्दै नेपाल राष्ट्र बैंकले डलर सटहीमा लाग्ने सीमा हटाएको हो ।
अक्सिजन सिलिण्डर, अक्सिजन ट्यांकी, अक्सिजन जेनेरेटर लगायत अक्सिजनका अन्य सामग्रीहरु आयात गर्दा असार मसान्तसम्म विद्यमान व्यवस्था अनिवार्य नहुने राष्ट्र बैंकले जाएको छ ।
अहिले प्रतितपत्र (एलसी) विना ड्राफ्ट तथा टीटीको माध्यमबाट हुने वस्तु आयातका लागि सटही सुविधा बढीमा एक पटकमा अमेरिकी डलर ३५ हजार वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्मका लागि मात्र प्रदान हुने व्यवस्था छ ।
यसबाट अक्सिजन लगायतका जीवनोपयोगी सामग्री चाँडो भन्दा चाँडो आयात गर्न सहज हुने विश्वास लिइएको छ ।
FACEBOOK COMMENTS