काठमाडौं, वैशाख २३ –स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एउटा प्रेस विज्ञप्ती जारी गर्दै कोभिड–१९ का संक्रमितको उपचारका लागि अत्यावश्यक पर्ने अक्सीजन तथा अक्सीजन सिलिण्डरहरु अझै पनि नेपाल सरकारको निर्णय विपरित धेरै उद्योग–धन्दाहरुमा प्रयोग भैरहेको पाइएको जनाएको छ । मन्त्रालयका सह प्रवक्ता डा.समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तीमा भनिएको छ–‘अनुगमनको क्रममा धेरै ठूलो मात्रामा अक्सीजन सिलिण्डरहरु खाली रहने वा भरेर भण्डारण गरेर राख्न गरेको पाइएकाले सम्बन्धित सबै उद्योग व्यवसायीहरु तथा सरोकारवालाहरुमा त्यस्ता अक्सीजन सिलिण्डरहरु अस्पतालमा उपलब्ध हुनेगरी फिर्ता गरिदिनु हुन, धेरै भन्दा धेरै सिलिण्डरहरु भरेर नेपाली नागरिकको ज्यान बचाउने उपायहरुका लागि अस्पतालहरुमा उपलब्ध गराउने कार्य गरिदिनु हुन हार्दिक अनुरोध छ ।’
‘नेपाल सरकारले यस निर्णयको उलंघन गरेको पाइएमा संक्रामक रोग ऐन २०२० को आधारमा अनुगमन गरी कारवाही गर्ने तथा अस्पतालमा अक्सीजनको न्यायोजीत उपलब्ध गराउने व्यवस्था गरिदिनु हुन स्थानिय प्रशासनहरुलाई अनुरोध छ,’ विज्ञप्तीमा भनिएको छ ।
FACEBOOK COMMENTS