काठमाण्डौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार तीन फरक क्षेत्रका १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बृहत्तर जनकपुरक्षेत्र विकास परिषदका तत्कालीन अध्यक्ष दिगम्बर रायसहित १० जना भ्रष्टाचारमा तानिएका छन् ।
उनीहरुमाथि रंगभूमि मैदान, गंगासागर र तिरहुतिया गाछी संरक्षणलगायत आठवटा ठेक्कामा सवा ७६ लाख रुपैयाँ भ्रष्टाचारको आरोप छ ।
उनीहरूले पाँचवटा ठेक्काको मूल्यांकन गर्दा लागत अनुमानभन्दा ३० प्रतिशत बढेको कारण देखाई मिलेमतोमा ७६ लाख २८ हजार ५ सय २ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगपत्रमा उल्लेख छ ।
आयोगले भ्रष्टाचार निवारण ऐनबमोजिम सबैलाई एक वर्ष जेल सजाय र बिगोबराबरको सम्पत्ति जफत गर्न मागदाबी गरेको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS