काठमाण्डौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दादायर गरेको छ।
घुस लिएको अभियोगमा पाठ्यक्रम विकास केन्द्र सानोठिमीका लेखापाल गुणराज दाहालसहित मंगलबार उनीहरूलाई मुद्दा दायर गरेको हो।
राष्ट्रिय बहिरा महासघं नेपाललाई कक्षा ६ को सामाजिक र विज्ञान विषयको पाठलाई साङ्केतीकरण र श्रव्य दृश्य सामग्री तयार गर्ने सम्झौता गरेकोमा उक्त कार्य पूरा गरी बिल भुक्तानी गरिदिन माग गर्दा २५ हजार घुस लिएको दाहाललाई अभियोग लगाइएको छ।
उनीहरुले जग्गा बिक्री गर्न भन्दै तीन करोड बैना बापत रकम लिएको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए।
— अन्नप२र्ण
FACEBOOK COMMENTS