काठमाडौं, माघ १० – राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन्।
आफैले सर्वोच्चमा रिट दायर गरेका व्यक्तिलाई नेकपाले सभामुख बनाउन लागेपछि नैतिकताका आधारमा प्याकुरेलले राजीनामा दिएको बुझिएको छ । उनले राष्ट्रपति भण्डारी समक्ष राजीनामा बुझाएका हुन् ।
मानवअधिकार क्षेत्रमा क्रियाशील प्याकुरेललाई राजनीतिक, सामाजिक र मानवअधिकार सम्बन्धी सुझाव र सल्लाह दिनेगरी २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त गरिएको थियो।
नेकपाले सभामुख बनाउन लागेका अग्नि सापकोटाविरुद्ध प्याकुरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । काभ्रे छत्रबाँझका अर्जुन लामाको हत्यामा संलग्न भएको भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले सापकोटाविरुद्ध २०६९ मंसिर ७ गते सर्वोच्चमा मुद्धा दायर गरेकी थिइन् । उक्त रिटमा सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ ।
FACEBOOK COMMENTS