काठमाडौं, भदौ ४ – कोरोना भाइरसको महामारीमा अग्रपंक्तिमा खटिएका प्रहरी कर्मचारीहरूको एक लाखको कोरोना बीमा गरिएको छ।
प्रहरी प्रधान कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै अग्रपंक्तिमा खटिएका प्रहरी कर्मचारीहरूको एक लाखको बीमा भएको जानकारी दिएको हो।
कार्यालयले साउन २९ गते बिहीबार रूजू हाजिर भएका सबै प्रहरी कर्मचारीको राष्ट्रिय बीमा कम्पनीमा कोरोना बीमा गरेको हो।
यो बीमा कम्पनीको नीति अनुसार भने १५ दिन पछि अर्थात भदौ १२ गतेबाट मात्रै लागू हुनेछ।
यस बीमा लागू हुनु अघि संक्रमित भएका प्रहरीको सेवा सुविधा सम्बन्धमा नेपाल सरकार र प्रहरी प्रधान कार्यालयबाट निर्णय गर्ने विज्ञप्तिमा उल्लेख छ।