काठमाडौं, चैत १७ – केही समयअघि आईपीओ निष्काशन गरेको अजोड इन्स्योरेन्सले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद शेयर पनि निष्काशन गर्ने भएको छ । कम्पनीले यो प्रस्ताव आगामी साधारण सभामा लैजादैं छ । साधारण सभाले यो प्रस्ताव पारित गरेपछि कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने छ ।
हाल कम्पनीको चुक्तापुँजी रु. १ अर्ब छ । त्योअनुसार कम्पनीले ५० करोड रुपैयाँको हकप्रद शेयर निष्काशन गर्नेछ । त्यसपछि कम्पनीको चुक्तापुँजी रु. १ अर्ब ५० करोड पुग्ने छ । कम्पनीले आफ्नो तस्रो साधारण सभा आगमी बैशाख ७ गते बस्दैछ । सोही सभामा यस्तो प्रस्ताव लैजान लागिएको हो ।
FACEBOOK COMMENTS