काठमाडौं, माघ २१ – अजोड इन्स्योरेन्स लिमिटेड र मिग होल्डिङस लिमिटेड बीच सामुहिक दुर्घटना बीमा सम्बन्धि सम्झौता भएको छ ।
मंगलबार आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र मिग होल्डिङसका प्रमुख कार्यकारी अधिकृत सुमन थापाले सहमतिपत्रमा हस्ताक्षर गरे ।
सहमतिसँगै अजोड इन्स्योरेन्सडबाट मिग होल्डिङसका सम्पूर्ण कर्मचारीहरु तथा लगानीकर्ताहरुले सामुहिक दुर्घटना बीमा सम्वन्धी सेवा सुविधा अजोड इन्स्योरेन्सबाट लिन सकिने मिग होल्डिङस लिमिटेडले जनाएको छ ।
FACEBOOK COMMENTS