काठमाडौं, पुस १३- अजोड इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभाले गएको आर्थिक बर्षको बार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, नाफानोक्सान हिसाव आदि पास गर्नुका साथै साधारण सेयर निष्काशनका लागि प्रस्ताव पनि पारित गरेको छ । साथै, सभाले कम्पनीको प्रवन्धपत्र र नियमावली पनि संशोधन गर्ने प्रस्ताव पास गरेको छ ।
कम्पनी संचालनमा आएको छोटो अवधिमा नै प्रधान कार्यालयबाहेक सात वटा प्रादेशिक कार्यालय, १६ वटा शाखा कार्यालय, १८ वटा तेस्रो पक्ष बीमा काउन्टर र एउटा ग्राहक सेवा केन्द्र खोल्न सफल भएको छ ।
कम्पनीको विराटनगर, विरगंज, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा आफ्नो प्रादेशिक कार्यालय स्थापना गरेको छ । त्यसै गरी विर्तामोड, इटहरी, जनकपुर, नारायणघाट, बनेपा, भक्तपुर, नयाँ बानेश्वर, जोरपाटी, बुढानिलकण्ठ, बालाजु, ललितपुर, कलंकी, किर्तीपुर, पर्वत, भैरहवा र नेपालगंजमा शाखा कार्यालय रहेको छ ।
दमक, रौतहट, लाहान, जितपुर सिमरा, टाँडी, चापागाउँ, कावासोती, पालुबटार, बुर्तिवाब, दमौली, गुल्मी, पूर्वी रुकुम, टिकापुर, दाङ्ग र पश्चिम रुकुममा उपशाखा कार्यालय रहेका छन् । संस्थाले आफ्ना ग्राहकहरुलाई ३६५ दिन नै बीमा सेवा समेत प्रदान गर्दै आएको छ ।
कम्पनीले हालसम्म ४८ हजार ७१ बीमालेखा जारी गरी ३५ करोड ९२ लाख रुपियाँ बीमा शुल्क आर्जन गरेको छ । साथै, हालसम्म ८६६ दावीवापत १० करोड १२ लाख रुपियाँ भुक्तानी गरिसकेको पनि जनाएको छ । हाल अजोडको संस्थापक सेयरबाट कायम रहेको चुक्ता पुँजी ७० करोड रहेको छ भने लगानीतर्फ ९५ करोड ९७ लाख रहेको छ ।
FACEBOOK COMMENTS