काठमाडौं, फागुन १०- हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव रहेको छ। यहि प्रणालीका कारण शनिबार र आइतबार पनि देशभर बदली रही विभिन्न भेगमा वर्षा हुने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
हिउँदे वर्षाको अन्त्यतिर पश्चिमी वायुको प्रभाव बढेकाले दुई दिन विभिन्न क्षेत्रमा आंशिक बदली रहने र केही क्षेत्रमा वर्षा र हिमपात हुने महाशाखाले जनाएको छ ।
यो प्रणाली बेलुकीदेखि कमजोर हुने भएकाले राति पहाडी क्षेत्रको मौसम आंशिक बदली भएपनि अरु ठाउँको मौसम सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ । तर आइतबार फेरि अर्को पश्चिमी वायु नेपाल प्रवेश गर्ने भएकाले देशभर नै बादल लागेर केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ ।
FACEBOOK COMMENTS