काठमाण्डौँ — द्धिपक्षीय श्रम समझदारी हुनुअघि जारी भएका कलिङ भिसाको शुल्क कामदारले ब्यहोर्न नपर्ने ग्यारेन्टी नहुँदा मलेसियाको रोजगारी खुल्न सकेको छैन ।
गत जेठदेखि मलेसियामा नेपाली कामदार जानेक्रम बन्द छ ।
मलेसियाको गृह मन्त्रालयले रोजगारदाता कम्पनी सिफारिस गरेपछि कलिङ भिसा जारी हुन्छ ।
त्यस्तो भिसा पाएका कामदारलाई काठमाडौंस्थित मलेसियाली दूतावासले राहदानीमा भिसा लगाइदिन्छ ।
मलेसिया भीएलएनले भिसा प्रक्रिया गरेपछि मात्रै दूतावासले भिसा लगाइदिन्छ ।
यो प्रक्रिया गरेबापत भीएलएनले प्रतिराहदानी ७ हजार ४ सय ८० रुपैयाँ शुल्क लिने गरेको छ ।
श्रम समझदारी हुनुअघि झन्डै ७ हजार कामदारको कलिङ भिसा जारी भइसकेको छ ।
श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालय भीएलएनले लिने शुल्क कामदारबाट लिन नहुने पक्षमा छ ।
काठमाडौंस्थित मलेसियाली दूतावासले समझदारीअघि जारी भएका कामदारको भिसा प्रक्रियामा लाग्ने खर्च रोजगारदाताबाटै ब्यहोर्न लगाउन नसकिने स्पष्ट पारेको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS