काठमाण्डौं– नेपाल आयल निगमका नवनियुक्त म्यानेजिङ डाईरेक्टर सुरेन्द्र कुमार पौडेलले आयल निगमलाई प्रविधिको प्रयोगबाट निगममा सिस्टम बलाल्ने प्रतिबद्धता जनाएका छन् ।
अहिले सिस्टम डेभलप भैरहेकाले निगम छिट्टै नै अटोमेशनमा जाने बताएका छन् ।
ट्याङकरमा जिपिएस जोड्ने देखी हरेक डिपोमा सिसिटीभीको माध्यमबाट निगरानी गर्ने बताएका छन् ।
पौडेलले हाल ग्यास व्यवसायीले उठाएका ठुला माग नभएकाले छलफलबाट टुगो लगाउने बताएका छन् ।
ग्यास व्यवसायीको समस्याको रुपमा रहेको बुलेटको सामाधान मन्त्री स्तरमा गर्नु पर्ने भएकाले जी टु जी को माध्यमबाट समस्या समाधान हुने बताएका छन् ।
उनले हाल प्रचलनमा रहेका नियम कानुन छरिएर रहेकाले काम गर्न अप्ठारो परेको भन्दै त्यसलाई संसोधन गर्ने बताएका छन् ।
पत्रकार संगको कुराकानीमा पौडेलले अमलेखगंज पाइपलाईनको काम वनको कारण केहि ढिला हुने बताएका छन् ।
FACEBOOK COMMENTS