काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अटोमोबाइल उद्योग स्थापना गर्न नाडालाई अग्राह गरेका छन् । बिहीबार अर्थमन्त्री शर्मा र नाडाका अध्यक्ष सहितको प्रनिनिधि मण्डबीच भएको छलफलमा मन्त्री शर्माले यस्तो बताए ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ५ सदस्यीय प्रतिनिधि मण्डलले मन्त्रीसँग अटोमोबाइल व्यवसायका समसमायिक विषयहरुमा छलफल भएको थियो । उक्त छलफलमा मन्त्री शर्माले अटोमोबाइल क्षेत्रलाई अघि बढाउन सरकारबाट आवश्यक सहयोग प्राप्त हुने आश्वासन समेत दिएका छन् ।
उनले नेपालको अटोमोबाइल क्षेत्रमा के कस्ता समस्याहरु छन् ती सवै एकैसाथ उल्लेख गरेर पठाउन समेत नाडाका पदाधिकारीहरुलाई आग्रह गरेका छन् । साथै सरकारले सबै नेपाली जनतालाई नै सर्वशुलभ रुपमा खोप उपलब्ध गराउने जानकारी गराए । छलफलमा नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेडमा विश्वास गर्दे आएको भन्दै सवारी साधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरु बारेमा जानकारी गराए ।
अध्यक्ष दुलालले अटोमोवाइल क्षेत्रमा कार्यरत कर्मचारी तथा मजदुरहरुका लागि छिटो कोभिड विरुद्धको खोपको व्यवस्था गर्न आग्रह गरे । नेपालमा स्थानीय उत्पादित अटोमोवाइल स्पेयर पार्टस तथा लुव्रिकेण्टसहरु बढी आयात भइरहेको सन्दर्भमा उच्च गुणस्तरका स्पेयर पार्टस तथा लुव्रिकेण्टसहरु आयात गर्न गरे । सो छलफलमा अध्यक्ष दुलालले आउदो मौद्रिक नीति अटोमोवाइल व्यवसायी मैत्री आउने आशा व्यक्त गरे ।
त्यस अवसरमा नाडाका उपाध्यक्ष करण चौधरीले बढदो क्रममा रहेको सवारी साधनहरुको आयात नेपाल राष्ट्र बैङ्कले सवारी साधनहरुको बिक्रिमा लगाएको ५० प्रतिशतको क्यापको कारण आर्थिक बर्ष २०७३÷७४ देखि नै सवारी साधनहरुको आयात क्रमशः घटन थालेको जानकारी दिए । त्यसैगरी नेपालको सार्वजनिक यातायात राम्रोसंग चल्न नसकेको सडकको अवस्था पनि राम्रो नरहेको बताए ।
FACEBOOK COMMENTS