(युवा व्यवसायी करन चौधरी नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गतको सिजी होल्डिङ्गका प्रबन्ध निर्देशक हुन । त्यसो त, नेपाल अटोमोबाईल्स डिलर्स एशोसियसन (नाडाका)े उपाध्यक्ष समेत हुन् । नेपालको अटो क्षेत्रमा बिक्री आयतनका हिसाबले सिजी मोटो कर्पस्लाई प्रथम स्थान दिलाउन उनले निभाउदै आएको व्यवस्थापकिय भुमिका उत्तिकै सर्हानायोग्य छ । यसै सन्दर्भमा सिजी मोटो कर्पस् , नेपालको अटो क्षेत्र, देशको आर्थिक अवस्था लगायत विविध बिषयसँग केन्द्रित रहि कर्पोरेट पत्रिकाका सम्पादक सरोज ओझाले युवा व्यवसायी चौधरीसँग गरेको कुराकानी
नाडाको हालै सम्पन्न निर्वाचनमा र्नििर्वरोध रुपमा कार्यसमितीमा चयन हुनुभएको छ ,कस्तो अनुभव गर्नुभएको छ ?
सबैले म प्रति गर्नुभएको विश्वासका कारण आज म सर्वसम्मत रुपमा कार्यसमितीमा चयन भएको छु । यसका लागि सबै प्रति हार्दिक आभार व्यक्त गर्दछु । उहाँहरुको विश्वास र मायाका कारण म यहाँ सम्म आइपुगेको छु ।
नाडाको नयाँ कार्यसमितीमा युवाहरुको बर्चस्व रहेको पाईन्छ । पहिलेको कार्यसमिती र अहिले
कार्यसमितीमा के भिन्नता पाउनु भएको छ ?
पहिले र अहिलेको कार्यसमितीमा भएको भिन्नताभन्नु पर्दा युवाहरुमा हुने नयाँ भिजन र मोटिभेसन् नै मुख्य कुरा हो । अरु नियमित हुने कामहरु त पहिलेका पदाधिकारीहरुबाट निरन्तर हुदैं आएका काम नै हुन र हामीले पनि त्यसलाई निरन्तरता दिने हो ।
हाल नेपालको अटोमोवाइल क्षेत्र कुनअवस्थामा गुज्रिरहेको छ त ?
हाल अटोमोवाइलको क्षेत्रमा केहि मन्दि छाएको छ । सरकारले लागु गरेको करका साथै राष्ट्र बैंकले अटो लोनमा गरेको कडाईका कारण अटोमोवाइल क्षेत्रको व्यापारमा त्यति उत्साह छैन । यसले गर्दा साना व्यसायीलाई यस क्षेत्रमा सर्भाइब गर्न पनि गाह्रो परेको अवस्था छ । तर हामी यस समस्यालाई कसरी समाधान गर्ने भन्ने प्रयासमा लागेका छौं ।
नेपालमा सवारी साधनको मुल्य अत्याधिक भयो भन्ने सुन्ने गरिन्छ, यसलाई कसरी लिनुभएको छ ?
नेपालमा छिमेकी मुलुक भारतको तुलनामा गाडीको मुल्य ५ गुणा बढी छ तर त्यहाँको भारु सय हाम्रोमा एक सय साठी हुन आउँछ । त्यसलाई पनि हामीले हेर्नुपर्दछ भने हाम्रोमा अटोमा लगाइने करले पनि यसको मुल्य बढी भएको हो । नेपाल सरकारले गाडीलाई विलासिताको सामग्रीसँग जोडेरको सिसि अनुसार कर तोकिदिएको छ । एउटा हिसाबले यो सरकारको बलियो आयस्रोत भएको छ । त्यसैले यसलाई सकारात्मक रुपमा नै लिनु आवश्यक छ ।
नेपालमा विद्युतिय सवारी साधनको संभावना कत्तिको देख्नुहुन्छ ?
विद्युतिय सवारी साधन नै हाम्रो भविश्य हो, यस कुरामा दुईमत नै छैन् । तर नेपाल कहिले विद्युतिय युगमा जाने हो भन्ने कुरा छ । यसका लागि विद्युतिय चार्जिङ्ग स्टेशन, ब्याट्री डिस्पोजलको उचित ब्यवस्था, पुर्नप्रयोग लगायत अन्य भौतिक पूर्वाधारको उचित ब्यवस्थाका साथै यस सम्बन्धि उचित निती नियम हुनु जरुरी छ । अनि मात्र यसको सफल कार्यान्वयन हुन सक्छ ।
यातायातका लागि नभई नहुने पूर्वाधार भनेको सडक हो ,सडक पूर्वाधारका हिसाबले हामी कुन अवस्थामा छौं त ?
सडक पूर्वाधारको कुरा गर्नु पर्दा पहिलेको तुलनामा नेपालको सडकको अवस्था अहिले केहि राम्रो छ । काठमाडौंका प्राय सबै सडकको अवस्था सन्तोषजनक नै छन् तर उपत्यकाबाहिरका कुनै कुनै सडक कच्ची रहेका छन् । यसलाई पनि स्तरउन्नती गर्न सके नेपालको सडकको अवस्था राम्रो हुन्थ्यो । तर यसका लागि हामीले संघिय सरकारको मुख मात्र ताकेर हुदैन् स्थानिय स्तरबाट नै पहल गर्न सके अझै राम्रो हुन्थ्यो ।
सिजि मोटर कर्पस्को बजार हिस्सा कस्तो छ ?
अटो क्षेत्रमा सिजि मोटर कर्पस् नेपालकै नम्बर वान ब्रान्ड हो , यो हामीले भनेको होइन् तथ्यांकले यही भन्छ । हाम्रो आयातको तथ्यांक हेर्ने हो भने पनि यो प्रष्ट हुन्छ ।
यहाँहरुले प्रदान गर्दै आएको सेवा कस्तो रहेको छ ?
बजार बिक्रिको रुपमा हेर्दा हामी नम्बर एकमा थियौ, छौं र रहन्छौं । हामीले समय समयमा ग्राहकका रुची अनुसारका गाडीहरु बजारमा लन्च पनि गरिरहेका छौं । हाम्रो मुख्य प्राथमिकता नै हामीले हाम्रो ग्राहकलाई प्रदान गर्ने सेवा हो । हामीले सेवामा कुनै पनि कमी गरेका छैनौं । हामीले दक्ष जनशक्ति परिचालन गरेर गुणस्तरिय सेवा हाम्रो ग्राहक सामु पुर्याएका छौं ।
सिजि मोटर कर्पस्लाई नेपालकै नम्बर एक बनाउन तपाईहरुले कस्ता कुरालाई प्राथमिकता दिएर काम गर्नुभयो ?
सिजि मोटर कर्पस्लाई नेपालकै नम्बर एक बनाउन हाम्रो भन्दा पनि हाम्रो ग्राहकहरुले हामीमाथि गर्नु भएको भरोषा र विश्वास नै मुख्य हो । हामीले ग्राहकहरुको आवश्यकता बमोजिम सस्तो मुल्यमा गुणस्तरीय सेवा दिन सकेका छौं । हामीले गाडी सर्भिसिङ्गका साथै पार्टहरु पनि सुपथ मुल्यमा गुणस्तरीय सामान उपलब्ध गराउँदैं आएका छौं । यसैले हामीले ग्राहकहरुको साथ र भरोषा पाएका छौं ।
नेपालमा सवारी साधनको एसेम्बल गर्ने परिपाटीको विकास नभईसकेको अवस्थामा यसको संभावना कस्तो छ ?
नेपालमा सवारी साधनका पार्टपुर्जा एसेम्बलको कुरा अलि विवादित हुदैं आएको छ । तर यो राष्टका लागि फाइदाजनक छ ।यसका लागि सरकारले स्थिर हुने गरि छुट्टैं नियम बनाउन जरुरी छ । नेपालमै साधनका पार्टपुर्जा एसेम्बल गर्न सक्ने नयाँ निती नियम र कानुन बनेको खण्डमा हामी पनि यसका लागि सकारात्मक छौ । साथै यो कामका लागि हामी पनि ईच्छुक छौं ।
सरकारको निती नियमले अटो क्षेत्रलाई कस्तो प्रभाव पारेको छ ?
सरकारलको निती नियमले अटो क्षेत्रलाई समस्यामा पारेको छ । सरकारी कर निती तथा राष्ट्र बैंकले गाडी कर्जामा गरेको कडाईका कारण गाडीको बिक्रि विरणमा कमी आएको छ । सरकारको यहि नितीले गर्दा व्यवसायीहरु पनि लगानी गर्न हिच्किचाइ रहेका छन् । अझै देशमा आफैले गाडी एसेम्बल अथवा निर्माण गरेर निर्यात गर्ने हो भने हामीले भएका निती नियमलाई परिमार्जन गर्नु आवश्यक छ, अनि मात्र अटो सेक्टरले उन्नति गर्न सक्छ ।
नेपालको अटो क्षेत्रको विकासका लागि के गर्न सकिन्छ ?
यस क्षेत्रको विकासका लागि सर्वप्रथम गाडी किन्न ग्राहकहरुलाई प्रेत्साहन गर्न सक्नु पर्दछ । यसका लागि बैंकबाट सहज रुपमा अटोलोन प्राप्त हुनुपर्यो । अहिले राष्ट्र बैंकले गाडी कर्जामा गरेको कडाई हटाउनु पर्यो । त्यसै गरी नेपालमा अटो आयात मात्र नभएर सरकारी स्तरबाटै निजी क्षेत्रसँग सहकार्य गरेर गाडीको निर्यात बाहिरी मुलुकमा गर्न सक्ने हिसाबले योजनाबनाई गाडी एसेम्बल तथा निर्माणको काम थालनी गर्नु आवश्यक छ । साथै, व्यवसायीहरुले पनि राम्रो र गुणस्तरिय गाडी ग्राहकलाई उपलब्ध गराउनुका साथै त्यसको सर्भिसको पनि जिम्मा लिएर ग्राहकको भरोषा र विश्वास जित्नु आवश्यक छ । यति मात्र गर्न सकेमा नेपालको अटो क्षेत्रले केहि प्रगती गर्न सक्छ ।
पूर्वजको बिंडो थाम्दै व्यवसायलाई अगाडी बढाउदैं गर्दा कस्ता खाले चुनौतीको सामना गर्नु भएको छ ?
पक्कै पनि बिना चुनौतिको व्यापार व्यवसाय संभव नै छैन् भने चुनौतीहरुसँग डराउने मान्छेले व्यापार व्यवसाय गर्न पनि सक्दैंन् । यस क्षेत्रमा धेरै चुनौतीहरु आउँछन् । हाम्रो हजुरबुवाले खडा गरेको यो एम्पायरलाई हाम्रो बुवाहरुले एउटा उचाईमा ल्याईपुर्याउनु भएको छ भने हामीनातीपुस्ताले त्यसलाई अझै कसरी राम्रो बनाउँन सकिन्छ भनेर काम गरिरहेका छौं ।
सिजि होल्डिङ्गलेण् कुन क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गर्ने योजना बनाएको छ ?
सिजी होल्डिङ्गले गुणस्तरिय रोजगारीको अवसरका लागि नेपालीको सुधारात्मक जीवनयापन भन्ने सोच बोेकेको छ । अटो मोबाईल्स वाहेक पनि हामीले हाम्रो लगानीलाई विविधिकरण गर्दै हस्पिटालिटी, वित्त सेवा, रियल स्टेट, शिक्षासँगसँगै खाद्य र पेयको क्षेत्रमा विस्तार गरेका छौं । यि क्षेत्रसँग संबन्धित अन्य थुप्रै उत्साहप्रद परियोजनाहरु पनि हाम्रो पाईपलाईनमा छन् ।
नयाँ गाडी खरिद गर्न चाहने ग्राहकका लागि तपाई के सुझाव दिन चाहनुहुन्छ ?
नेपालमा विभिन्न ब्रान्डका गाडीहरु उपलब्ध छन् । तपाईले गाडी खरिद गर्दा त्यसको नेपालमा सर्भिस कस्तो छ, पार्टपुर्जाको सुलभताका साथै त्यसको फिचरलाई पनि ध्यान दिनु जरुरी छ ।
नेपालको हालको अर्थतन्त्रलाई कसरी हेरिरहनु भएको छ ?
तथ्यांकलाई हेर्ने हो भने नेपालको अर्थतन्त्र क्रमश सुधारोन्मुख अवस्थामा देखिएको छ । तर यतिले खुसी हुने अवस्था भने छैन् । तथ्यांकमा सकारात्मक देखिएता पनि देशका युवा तथा व्यवसायी खुसी छैनन् । सरकारले सबैलाई समेटेर अगाडी बढनु पर्दछ ।
नेपालले कुन क्षेत्रबाट बढी लाभ लिन सक्छ भन्ने लाग्छ ?
नेपालको विकासका लागि पर्यटन क्षेत्रको विकास हुनु जरुरी छ । नेपालले सबैभन्दा बढी लाभ लिन सक्ने क्षेत्र नै पर्यटन हो । त्यसपछि नेपालले व्यवसायको क्षेत्रबाट लाभलिन सक्छ । किनभने, हामी दुई आर्थिक रुपले सम्पन्न मुलुकको बीचमा छौं र यसको फाईदा समग्र रुपमा देशले उठाउन सक्नुपर्दछ ।
नेपालको वातावरण औद्योगिक मैत्री छ त ?
विगतलाई हेर्दा नेपालको वातावरण औद्योगिक मैत्री छ । अहिले सरकारका साथै कानुनहरु पनि स्थिर रहेका छन् । यसका लागि निजी क्षेत्रले पनि सरकारसँग हातेमालो गरेर अगाडी बढ्नुपर्छ । हामीले सरकार प्रति विश्बास र भरोषा राख्नु पर्छ । पक्कै पनि नेपालको अवस्था सुधार हुदैं जानेछ ।
FACEBOOK COMMENTS