काठमाडौं – अर्थमन्त्री युवराज खतिवडा विलासी सामाग्रीमाथी अझै कर बढाउने बताएका छन् ।
खतिवडाले नेपालीहरुको आम्दानी भन्दा धेरै विलासी वस्तुहरुमा लगानी बढेको भन्दै त्यस्ता सामाग्रीमा करको दर बढाउने बताएका हुन् ।
अत्याधि विलासी बस्तुको आयातले व्यपार घाटा बढेको उनको ठहर छ ।
उनले विलासी बस्तु आयतमा ऋणको माग बढ्दै जादाँ बैकले पनि ऋण दिन नसकेको अवस्था रहेको बताए । यो ट्रेण्ड रोकिएन भने हामीले हिड्न खोजेको समृद्धि प्राप्त गर्न सक्दैनौं ।
मन्त्री खतिवडाले भने‘ मैले उद्योगीहरुलाई नकारात्मक असर गर्ने गरी कुनै काम गरेको छैन । यदि कुनै काम भएको भए आउनुहोस् छलफल गरौं । मैले करको दर बढाउने भनेको होइन दायारा बढाउने भनेको हो । अझैपनि धेरै क्षेत्रहरु करको दायारा ल्याउन बाँकी रहेको छ ।’
FACEBOOK COMMENTS