काठमाडौं,फागुन २४ – नेपाल उद्योग वाणिज्य महासंघले अत्यावश्यक वस्तुहरूको व्यवस्थापन प्रभावकारी बनाउन अपिल गरेको छ ।महासंघले दैनिक उपभोग्य र अत्यावश्यक वस्तुहरू औषधि, खाद्यान्न, पेट्रोलियम पदार्थहरूको व्यवस्थापन, विक्रिवितरण र ढुवानी कार्य पारदर्शी र प्रभावकारी ढंगबाट सहजीकरण गर्न सम्बन्धित सवैमा अपिल गरेको हो ।
महासंघले कोरोनाको प्रभाव नेपालमा पनि पर्न सक्ने भएकाले कठिन परिस्थितिमा सबै उद्योग व्यवसायरउद्योगी व्यवसायी क्षेत्रले आ–आफ्नो ठाउंबाट भोलि आउन सक्ने विपत्ति समेतलाई दृष्टिगत गर्दै आफ्नो भूमिका प्रभावकारी ढंगबाट निर्वाह गर्नुपर्ने वेला आएको जनाएको छ ।
“अत्यन्त कठिन परिस्थितिमा पनि जिम्मेवारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गरेको निजी क्षेत्रको विगत समेतलाई मध्यनजर गर्दै अत्यावश्यक वस्तुहरूजस्तो मास्क, सेनिटाइजरलगायत औषधि, खाद्यान्न, पेट्रोलियम पदार्थहरूको व्यवस्थापन, बिक्री–वितरण र ढुवानी पारदर्शी र प्रभावकारी ढंगबाट गरी आम जनतालाई सेवा दिन नेपाल उद्योग वाणिज्य महासंघ आफ्ना सदस्य संघरसंस्था, उद्योग प्रतिष्ठानहरू÷उद्यमी व्यवसायीहरू सबैमा हार्दिक आव्हान गर्दछ,” जारी विज्ञप्तिमा छ ।
FACEBOOK COMMENTS