अन्जन राज न्यौपाने,
तनहूँ, मंसिर ०८ – व्यास नगरपालिका वडा नं १० दुम्सिचौरका स्थायी बासिन्दा भोजराज अधिकारीले सेवर स्थित श्री सर्वज्योति माध्यमिक विद्यालयका ३० जना बिद्यार्थीहरुलाई कलम र कापि सहयोग गरेका छन् ।
उक्त सामाग्री आईतबार उनका बुबा खड्गबहादुर अधिकारीले विद्यालयमा उपस्थित बिद्यार्थीहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन तिमल्सेना र विद्यालयका प्रधानाध्यापक भरत काफ्लेलाई हस्तान्तरण गरेका थिए । समाजसेवी खडगबहादुरले छोरोको ईच्छा अनुसार गरिब, जेहेन्दार, छात्रछात्रालाई उक्त सामाग्री दिईएको बताए ।
विद्यालय व्यवस्थापन समिती अध्यक्ष मदन तिमल्सेनाले आफु सक्य गरिने सहयोग सानो ठुलो नहुने भन्दै यस्ता सहयोगी मनहरु बढदै जादा समाजले अझ प्रगती गर्न सक्ने बताए ।
FACEBOOK COMMENTS