काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले अब ह्वात्तै बढ्ने बताएका छन् ।
नेप्सेले शुरू गरेको अनलाइन सेयर कारोबार सम्बन्धि सफ्टवेयरको शुभारम्भ गर्दै अर्थमन्त्री खतिवडाले आर्थिक वृद्धि ६÷८ प्रतिशत हुँदा पनि सेयर बजार नबढेकोमा असन्तुष्टि जनाए ।
‘अर्थतन्त्र राम्रो छ । गत वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि थियो । यस वर्ष ८ प्रतिशतले वृद्धि हुँदैछ, सेयर बजार किन माथि गएन, म लगानीकर्ताहरूलार्इ सोध्न चाहान्छु’ उनले भने ।
उनी अर्थमन्त्री भएपछि सेयर बजार निरन्तर ओरालो लागेको थियो । सेयर बजारलार्इ अनुत्पादक क्षेत्र भनि टिप्पणी गरेपछि पुँजीबजारमा चरम आलोचित भएका अर्थमन्त्री खतिवडाले पहिलो पटक सार्वजनिक मञ्चमा उभिएर सेयर बजार वृद्धिको पक्षमा वकालत गरेका हुन् ।
उनले पुँजीगत कर लाभ बारे विवाद टुङ्गिएको बताए ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बैंकलार्इ सेयर ब्रोकर लाइसेन्स दिने तयारी अन्तिम चरणमा पुगेको बताए । बैंकलार्इ ब्रोकर लाइसेन्स दिएपछि रियल टाइम सेटलमेन्ट हुने र अनलाइन सेयर कारोबार प्रभावकारी हुने बताए ।
उनले नेपाल स्टक एक्सचेञ्जमा भएको सेयर बिक्री गर्ने तयारी भइरहेकेो जानकारी दिए । नेप्सेमा रहेको राष्ट बैंकको सेयर बेच्न उपयुक्त लगानीकर्ता खोजेको उनले बताए ।
धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले पुँजी बजारमा रियल सेक्टर ल्याउने प्रयास भइरहेको, छिट्टै मार्जिन ट्रेडिङ शुरू गर्ने तयारी भएको बताए ।
बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागार्इँले अनलाइनबाट सेयर खरिद बिक्री गर्न सकिने प्रणालीको विकास पुँजी बजारको लागि महत्वपूर्ण भएको बताए । बीमा कम्पनीको सञ्चालक समितिले गरेको निर्णयहरू परिपक्व नभएको भन्दै बीमा कम्पनीको लाभांश प्रस्ताव बीमा समितिले स्वीकृत गरेपछि मात्र त्यसलार्इ आधिकारिक मानेर लगानीको निर्णय गर्न लगानीकर्तालार्इ आग्रह गरे ।
कार्यक्रमलार्इ सम्बोधन गर्दै नेपाल स्टक ब्रोकर एशोसिएशनमा अध्यक्ष भरत रानाभाटले अनलाइन कारोबारमा बैंकलार्इ सहभागी नगर्ने हो भने अनलाइन कारोबार प्रभावकारी नबन्ने बताए । अनलाइन कारोबार भए पनि अहिलेको अवस्थामा सेयर बजार गाउँगाउँमा पुग्न नसक्ने उनले बताए ।
FACEBOOK COMMENTS