काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा आवद्ध हुन सेयर बजारका लगानीकर्तालाई आवहान गरेको छ।
नेप्सेले ब्रोकर कार्यालयबाट यूजर नेम र पासवर्ड लिन आग्रह गरेको छ ।
साथै नेप्सेले लगानीकर्तालाई ब्रोकर कार्यालयमा गएर व्यक्तिगत विवरण अध्यावधिक गर्न पनि सुझाब दिएको छ ।
नेप्सेले साउन एक गतेबाट अनलाइन कारोबार प्रणालीको परीक्षण सुरुवात गरेको थियो ।
लगानीकर्ताले यस्तो युजर नेम र पासवर्ड लिएसँगै आफ्नो कारोबार तथा म्याचिङ हेर्न सक्ने छन् ।
तर आफैंले सेयर खरिद बिक्री गर्न भने युएटी टेस्टपछि मात्रै पाउने नेप्सेद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
–नागरीक
FACEBOOK COMMENTS