तनहुँ- नेकपा एमाले र नेकपा माओवादी एक भए पछि नेपाल कम्युनिस्ट पार्टी नेकपाले धेरै समय पछि बिद्यार्थी संगठनको नाम अनेरास्ववियू राख्ने निर्णय गरेपछि जिल्ला जिल्लामा अनेरास्ववियू संगठनका अध्यक्ष र सचिव छुटाएर कामको जिम्मेवारी दिए पछि तनहुँमा अहिले अनेरास्ववियूले संगठन बिस्तारलाई तिव्र रुपमा लागेको छ । यसै क्रममा सोमबार आबुखैरेनी क्याम्पसमा कमिटि गठन गरेको छ ।आबुखैरेनी क्याम्पसमा कमल गुरुङको अध्यक्षतामा ३७ सदस्य क्याम्पस कमिटि गठन गरेको छ ।
अनेरास्ववियूका केन्द्रीय सदस्य सुदिन पौडेलको प्रमुख अथित्वमा आबुखैरेनि क्याम्पसमा कमिटी गठन गरिएको थियो । उक्त कार्यक्रममा पौडेलले विद्यार्थी समुदायको हकहित, अधिकार प्राप्त गर्ने तथा विद्यार्थीहरुको वौद्धिक, शारीरिक, नैतिक एवं आत्मविश्वासको उत्थान र विकासका लागि क्रियाशील हुने र हाम्रो देशको विद्यमान शिक्षा प्रणालीलाई खारेज गरी वैज्ञानिक, जनवादी र र्सवसुलभ शिक्षा प्राप्त गर्न तथा सबैले निशुल्क रुपमा शिक्षा प्राप्त गर्ने व्यवस्था गराउने अनेरास्ववियूको उद्देश्यहरु रहेको बताए ।
त्यस्तै केन्द्रीय सदस्य गोम राना, अर्बिन्द्र भट्टराई, नेकपाका नेता मिना अधिकारी, अनेरास्ववियू तनहुँका अध्यक्ष डम्बर बि।क। लगायतको उपस्थिति रहेको थियो। उक्त कार्यक्रम संचालन नवीन वाग्लेले गरेका थिए ।
FACEBOOK COMMENTS