काठमाडौं, वैशाख १९ – प्रधानमन्त्री केपी शर्मा ओली संसदबाट विश्वासको मत लिने निर्णयमा पुगेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा उनले विश्वासको मत लिने जानकारी गराएको बताइएको छ ।
पछिल्लो समय नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने र नेपाली कांग्रेससँग मिलेर अविश्वास प्रस्ताव ल्याउने तयारी भइरहेका बेला ओलीले यस्तो निर्णय गरेका हुन् ।
स्रोतका अनुसार अनुसार वैशाख २७ गते विश्वासको मत लिने तयारी छ ।
FACEBOOK COMMENTS