काठमाडौं, फागुन ५- पुर्व सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । काठमाडौं जिल्ला अदालतले महरालाई बलात्कार उद्योगको मुद्दामा सफाइ दिएको हो ।
जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाईसफाइ दिएको हो ।
मुद्दाको सुनुवाई हिजै सकिए पनि हेर्दाहेर्दैमा राखिएकाले फैसला आज मात्रै काठमाण्डौ जिल्ला अदालतले सुनाएको हो ।
महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए । सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलहरूले जवाफ दिएका थिए ।
संघीय संसदको सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । महरा गएको कात्तिक १८ देखि पुर्पक्षका लागि डिल्लिबजार कारागारमा थुनामा रहेका थिए।
अदालतले सफाइ दिएसँगै महरा सोमबार नै जेलमुक्त हुने भएका छन्। पूर्वसभामुख महराले आफूमाथि बलात्कार प्रयासको आरोप लागेपछि असोज १४ गते राजीनामा दिएका थिए।
FACEBOOK COMMENTS