काठमाडौँ, मङ्सिर २७ – जातीय भेदभावविरुद्ध कानुन बने पनि अहिलेसम्म अन्तरजातीय विवाहलाई सबैले स्वीकार गर्नसक्ने अवस्था छैन ।
अन्तरजातीय विवाह गरेको भन्दै एक दाईले आफ्नै बहिनीको हत्या गरेका छन् । हत्या मात्रै होइन, शवसमेत लुकाएका छन् ।
यो घटना भारतको हो । विवाहपछि घर भित्र्याउने भन्दै बोलाएर हत्या गरेको बुझिएको छ । उत्तर प्रदेशको मैनपुरी जिल्लामा यो घटना बुधबार भएको हो ।
मैनपुरीकी एक युवतीले आफूभन्दा कथित तल्लो जातका युवकसँग प्रेम विवाह गरेकी थिइन् ।
प्रेम विवाहपछि चिडिएका उनका दाईले माइतीमा भित्र्याउने भन्दै बोलाएका थिए । त्यसपछि आधा बाटैबाट घर नलिएर उनले हत्या गरेको प्रहरीले जनाएको छ ।
उनले यो हत्यामा आफ्ना अन्य भाइहरूको पनि सहयोग लिएका थिए । हत्यापछि शव नै गायब गरेको भन्ने युवतीका पतिको उजुरीपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ ।
अहिले प्रहरीले मैनपुरी पुगेर स्थानीय प्रहरीको समन्वयमा शवको खोजी गरिरहेको छ ।
FACEBOOK COMMENTS