काठमाण्डौँ — अन्तर्राष्ट्रिय उडानका लागि विराटनगर विमानस्थलको पूर्वाधार तयार भइसकेको नागरिक उड्ययन प्राधिकरण विराटनगरले जनाएको छ।
नागरिक उड्ययन प्राधिकरण विराटनगरका प्रमुख टेकनाथ सिटौलाका अनुसार विमानस्थलको रन वे देखि अन्य पूर्वाधार अन्तर्राष्ट्रिय उडानका लागि तयार भइसकेको छ।
विराटनगर विमानस्थलबाट तत्कालै भारतका विभिन्न सहरमा सिधा हवाइसेवा सञ्चालन गर्न सकिनेछ।
सबै पूर्वाधार जुटाउन खासै धेरै समस्या नभएकाले विमान कम्पनीहरू अन्तर्राष्ट्रिय उडानका लागि आए तत्कालै प्रकृया अघि बढाउन सकिने सिटौलाले बताए ।
—कान्तिपुर
FACEBOOK COMMENTS