काठमाडौं, भदौ ३०। साउदी अरेबियामाथि हुती बिद्रोही संगठनले निरन्तर आक्रमण गरेपछि कच्चा तेलको मूल्य निकै बढेको छ । हुतीले निरन्तर साउदीको पाइपलाइन , विमानस्थल , सैनिक विमानस्थल , सरकारी तेल कम्पनी अरामकोमाथि भईरहेको निरन्तरको आक्रमणपछि कच्चा तेलको मूल्य पछिल्लो चार महिना यताकै उच्च रुपमा बृद्धि भएको हो ।
साउदीको यूएईको समुन्द्रमा तेल ट्यांकरमाथि आक्रमण भएदेखि नै उसले यस प्रकारको आक्रमणको मूल्य विश्व समुदायले नै चुकाउँनु पर्ने भन्दै आक्रमणको निन्दा गर्न आवश्यक रहेको बताएको थियो । साउदीमाथि निरन्तर आक्रमण भईरहे तेलको मूल्यमा बृद्धि हुने साउदीले चेतावनी नै दिएको थियो ।
शनिबारमात्र पनि साउदीको तेल प्रशोधनस्थलमा १० वटा डोन आक्रमण भएपछि साउदीले तेल उत्पादन पनि घटाएको छ । फलस्वरुपमा कच्चा तेलको मूल्य उच्च रुपमा बृद्धि भएको हो । आपूर्ति कटौती भएसँगै ब्रेन्ट क्रुडमा इन्धनको मूल्य १९ प्रतिशतले बढेर प्रतिब्यारेल ७१ दशमलव ९६ डलर पुगेको छ ।
यता वेस्ट टेक्सास इन्टरमिडियेटमा १५ प्रतिशतले बढेर ६३ दशमलव ३४ अमेरिकी डलर पुगेको छ । कच्चा तेलको मूल्य बढेसंगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा रहेको मौज्दात इन्धन निकासीका लागि स्वीकृति दिएपछि मूल्य केही कम हुने अनुमान गरिएको छ । साउदीको २ वटा प्रशोसधन केन्द्रमा आक्रमण भएपछि त्यो पूर्णरुपमा क्षतिग्रस्त भएको छ । जसको पुन निर्माण गरी पूर्ण क्षमतामा उत्पादन हुन अझै केही दिन लाग्ने बताइएको छ । एजेन्सीको सहयोगमा
FACEBOOK COMMENTS