काठमाण्डौँ — अन्तर्राष्ट्रिय यात्रु उडानमा नेपाल वायुसेवा निगम पहिलो स्थानमा पर्न सफल भएको छ ।
मुलुकको राष्ट्रिय ध्वजावाहक निगमले सन् २०१८ को एक वर्षमा गरेको यात्रु उडान र अवतरणमा नेपालमा उडान गर्ने अन्य सबै वायुसेवालाई पछि पार्दै पहिलो स्थान हासिल गर्न सफल भएको हो ।
निगमले सन् २०१८ मा कुल ४ लाख ९१ हजार ९७९ यात्रु बोकेर नेपालमा उडान भरिरहेका ३० वटै वायुसेवाभन्दा आफूलाई अग्र स्थानमा पार्न सफल भएको हो ।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेशी वायुसेवा बुद्ध, हिमालय र निगमले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।
अन्य करिब डेढ दर्जन मुुलुकका विभिन्न २७ वटा वायुसेवाले नेपालमा नियमित उडान भरिरहेका छन् ।
— राजधानी
FACEBOOK COMMENTS