काठमाण्डौँ — अन्तर्राष्ट्रिय लगानी सम्मेलन अगावै लगानी आकर्षित गर्ने ऐन निर्माण तथा संशोधन कठिन देखिएको छ ।
सरकारले चैतको दोस्रो साता गर्न लागेको अन्तर्राष्ट्रिय लगानी सम्मेलन लक्षित डेढ दर्जन कानुन सुधारको तयारी गरे पनि थोरै विधेयक संसद्मा दर्ता भएका छन् ।
दर्ता भएका विधेयकहरूसमेत सम्मेलन अगावै पारित हुने सम्भावना न्यून देखिएको छ ।
लगानी आकर्षित गर्न आवश्यकमध्ये हालसम्म ५ विधेयक संसद्मा दर्ता भएका छन् ।
बाँकी दर्जन विधेयक सुधारका लागि गृहकार्य नै चलिरहेको छ ।

विधेयक संसद्मा पेस भएपछि छलफल र पास हुन कम्तीमा पनि एक महिना लाग्छ ।

हतारहतार तयार पारिएको कानुन पछि फेर्नुपर्दा झन् नीतिगत अस्थिरता निम्त्याउने जोखिम रहेको पूर्वउद्योग सचिव कृष्ण ज्ञवालीले बताए ।

— कान्तिपुर

              
              
              
              		              
FACEBOOK COMMENTS