काठमाण्डौँ — नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला राजधानीमा शुरु भएको छ ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले मेलाको एक विशेष समारोहका बीच समुद्घाटन गरे ।
नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकार÷वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धनमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह—आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा मेला आयोजना गर्दै आएको छ ।
समुद्घाटन समारोहलाई संवोधन गुंदै प्रधानमन्त्री ओलीले सरकारले स्वदेशी उद्योगलाई विशेष प्रोत्साहन दिने विश्वास दिलाए ।
समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई सफल पार्ने मुख्य नेतृत्वकर्ता समेत निजी क्षेत्रनै भएको पनि स्पष्ट पारे ।
भोली देखि आयोजना हुने लगानी सम्मेलनलाई सिंगो राष्ट्रनै मिलेर सफल पार्नुपर्ने पनि उनले बताए ।
त्यसअघि स्वागत मन्तव्य राख्दै महासंघका अध्यक्ष भवानी राणाले नेपाल अन्तराष्ट्रिय व्यापार मेला मुलुकभित्र आर्थिक क्रियाकलाप बढाउन एक महत्वपूर्ण माध्यम बन्दै आएको बताए ।
FACEBOOK COMMENTS