काठमाडौं, चैत २६ – सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई वैशाख १८ गते ९अप्रिल ३०० सम्म बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले वैशाख ३ गते ९अप्रिल १५० सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकामा १५ दिन थप गरी वैशाख १८ सम्म उडान स्थगित गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीका अनुसार बैठकले आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय भएको छैन् । आन्तरिक उडान बैशाख ३ गतेसम्म बन्द गरिएको छ ।
FACEBOOK COMMENTS