तनहुँ, १३ असार- व्यास नगरपालिका वडा नम्बर १० को नयाँ बस्ति टोलबाट नेपाली काङ्ग्रेस र अन्य पार्टी परित्याग गरि महेश बाबू गुरुङ र दिपक घिमिरेको नेतृत्वमा ४१ जना नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) प्रवेश गरेका छन् । नेकपा प्रवेश गरेका दिपक घिमिरेले आफू जन्मजात काङ्ग्रेस भएको र आफनो बुवाले काङ्ग्रेस पार्टीको लागि तनहुँमा धेरै ठुलो योगदान गर्नु भएको भएपनि पार्टिले कहिल्यै पनि नसम्झेर पार्टीमा योगदान गर्नेलाई नभई पार्टीको बदनाम गर्नेलाई च्याप्ने गरेकोले नेकपा रोजेको बताए । साथै कांग्रेसका नेताले विकास निर्माणको कामहरु पनि समानुपातिक रुपमा नगरेको हुनाले आफुले नेपाली कांग्रेस छोडेको उनले बताए ।
नेकपाले गरिब , निर्मुखा जनताको पक्षमा काम गर्ने देखेर आफु नेकपा प्रवेश गरेको पनि उनले बताए । साथै नवप्रवेशीहरुले नेकपाको सरकारले राष्ट्रियताको सबालमा सशक्त निर्णय गरेको, गरिब , मजदुर, अशक्तहरुको लागि जहिले पनि काम गर्दै आएको कारणले नेकपामा पार्टी प्रवेश गरेको बताए । उक्त अवसरमा नेकपा नेता मायानाथ कोईराला, जिल्ला सदस्य बसन्त दरै , नगर कमिटि सचिवालय सदस्य दुर्गा प्रसाद पाैडेल, व्यास १० वडा कमिटीका अध्यक्ष हरिविलास अधिकारी लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उक्त अवसरमा नेकपा व्यास १० नयाँ बस्ति टोल कमिटी अध्यक्ष र सचिव सहित १९ जनाको गठन गरिएको थियो ।
FACEBOOK COMMENTS