अन्जनराज न्यौपाने
तनहुँ ११ असार – जिल्ला प्रहरी कार्यालय तनहुँमा भर्खरै सरुवा भै आएका प्रहरी उपरीक्षक अरुण पौडेलले पत्रकार भेटघाट कार्यक्रममा अपराध र अपराधी मुलुकका सबैभन्दा ठुला शत्रु भएको बताएका छन्। जिल्लामा हुने गरेका विभिन्न जगन्य अपराधका घटनाहरु न्युनिकरण गराउन आफू सदैव प्रतिबद्ध रहने बताए ।
समाजमा भएगरेका हिंसा, आतंककारी गतिविधिका घटना बलात्कार, लुटपाट, चोरीपैठारी तथा लागू औषध ओसारपसार गर्ने गराउने गिरोहहरुलाई तुरुन्तै पहिचान गरि कानुन बमोजिमको कार्वाही गराउन आफू कठिवद्ध रहेको पनि उनले स्पस्ट पारे ।
विभिन्न जघन्य अपराधमा संलग्न रहि लामो समयदेखि फरार रहेका अभियुक्तहरुलाई खोजतलास गरि कार्वाहीको दायरा भित्र ल्याउन आफू हर्दम तयार रहेको र रहि रहने प्रहरी प्रमुख पौडेल जानकारी दिए।
टोल – टोलमा गरिने घरेलु मदिरा बिक्रीवितरण नियन्त्रण, प्रतिबन्धित विप्लव समूह बिरुद्धको कारवाहीमा केन्द्र ,जिल्ला स्तरका नेताहरुको खोजी कार्य गरिने पनि बताए ।
अवैध काठ तस्करी नियन्त्रण ,हातहतियार तथा खरखजाना , समूदाय प्रहरी साझेदारी कार्यक्रम,होटलमा गराईने यौनजन्य अपराध रोकथाम जुवा तास खेलाउने र खेल्ने उपर यथा सक्दो कार्वाहीको प्रक्रिया अगाडि बढाउने प्रण पनि उनले गरेका छन ।
पत्रकार भेटघाट कार्यक्रमका क्रममा उनले कोरोना भाइरसको महामारीमा विश्वमानै संक्रमण र सन्त्रासको भयावह स्थिति श्रीजना भैरहेको अवस्थालाई मध्ये नजरगरि पुर्ण सावधानीपूर्वक स्वस्थ्य रहि समाचार संप्रेषण गर्न गराउन विभिन्न संचार माध्यामहरुलाई अपिल समेत गरे।
प्रहरी उपरीक्षक पौडेलले भित्र प्रहरीको साथी म अभियान, हात धुने कार्यक्रम , कोरोना भाइरस सम्बन्धी सचेतनामुलक कार्यक्रम, जिल्ला प्रहरी कार्यलय भित्रै सेनिटाइजर बुथको व्यवस्थापन, करेन्टाईनमा सुरक्षा ब्यबस्थापन ,लकडाउन उलङघन गर्नेलाई कार्वाही लगायतका महत्वपूर्ण कार्यसम्पादन गरिने पनि उनले उल्लेख गरेका छन ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिना ,प्रहरी निरीक्षकद्व्य शिवराज क्षेत्रीय र सविता केसीले जिल्लाको शान्ति सुरक्षा र वर्तमान अवस्थाका विषयमा बोलेका थिए।
FACEBOOK COMMENTS