काठमाडौं,मंसिर १५ – अपाङ्गता भएका व्यक्तिहरुको २८ औं अन्तर्राष्ट्रिय दिवस–२०१९ मूल आयोजक समितिको सचिवालयले यो वर्षको ‘दिगो विकास लक्ष्य, अपाङगतामैत्री भविष्य’ नारासहित दिवस बनाउन लागिएको बताएको छ ।
आइतबार राष्ट्रिय अपाङ्ग महासंघ, नेपालले पत्रकार सम्मेलन मा केन्द्रीय अध्यक्ष मित्रलाल शर्माले निति र कानूनमा जे व्यवस्था भएतापनि सिमान्तकृत वर्गहरुको सूचीमा अपाङ्गता भएका व्यक्तिहरु सम्भवतः सबैभन्दा धेरै सिमान्तकृत वर्गमध्ये पर्ने मा जोड दिए।
राष्ट्रिय अपाङ्ग महासंघले अपाङ्गता भएका व्यक्तिहरुको २८ औं अन्तर्राष्ट्रिय दिवस सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । महासंघले नाटक, खेलकुद, सरसफाइ कार्यक्रम, जनचेतनामुलक र्याली तथा गोष्ठीहरु गरी सप्ताहव्यापी रुपमा दिवस मनाउन लागेको हो । महासंघले सप्ताहव्यापी रुपमा गर्ने कार्यक्रम यस्ता छन्
