काठमाडौं, मंसिर ३ – कात्तिक १४ गतेदेखि विक्री खुला गरेको अपि पावर कम्पनी लिमिटेडको ४७ प्रतिशत हकप्रद शेयरमा आवेदन दिने बिहीवार अन्तिम दिन रहेको छ । गत फागुन १२ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको हकप्रद शेयर अपिले आठ महिनापछि विक्री खुला गरेको हो । अपिले १ बराबर शून्य दशमलव ४७ को अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर मंसिर ४ गतेसम्म निष्कासन गरेको हो ।
अपिले ४७ प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि चैत १ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा फागुन ३० गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् । अपिको यो हकप्रदलाई इक्रा नेपालले औषतभन्दा तलको आधार संकेत गर्ने इक्रा एनपी आईपीओ ग्रेड ४ को रेटिङ प्रदान गरेको छ । यो हकप्रद विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS