काठमाडौं, वैशाख १४ – अप्रिलियाको नयाँ म्याक्सी स्कुटर एसएक्सआर १२५ को मूल्य सार्वजनिक भएको छ । मोटरसाइकल सार्वजनिक हुनुभन्दा पहिला नै यसको मूल्य भने बाहिर आएको हो ।सार्वजनिक भएको एक रिपोर्टको आधारमा एसएक्सआर १२५ को भारतको दिल्लीमा एक्स शोरुम मूल्य १ लाख १६ हजार भारतीय रुपैयाँ हुने उल्लेख छ । यो मूल्य एसएक्सआर १६० भन्दा ९ हजार रुपैयाँले मात्रै कम हो ।
केहि समय अगाडि नेपाली बजारमा सार्वजनिक भएको अप्रिलिया एसएक्सआर १६० को मूल्य ४ लाख ९ हजार रुपैयाँ तोकिएको छ । यहि आधारमा अप्रिलिया एसएक्सआरको नेपालमा मूल्य ३ लाख ८० हजार रुपैयाँ हुने अनुमान गर्न सकिन्छ ।
इटालीमा डिजाइन र भारतमा उत्पादन गरिएको एसएक्सआर १२५ मा १२५ सीसीको बीएस ६ मापदण्डको इन्जिन रहने छ । उक्त इन्जिनले ९ हर्स पावर तथा ९ एनएम टर्क जेनेरेट गर्छ ।
यसमा पूर्णत एलइडी लाइट, आरमदायी सिट, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, मोवाइल कनेक्टिभिटी, एजडजस्टेवल रियर सस्पेन्सन, डिस्क ब्रेक जस्ता फिचरले एसएक्सआर १२५ लाई प्रिमियम बनाउने छ
FACEBOOK COMMENTS