यमहा कम्पनीबाट आफ्नो करियर शुरुवात गरेका विजय महतो दुगड गु्रपमा १८ वर्ष देखी कार्यरत छन् १८ वर्षको अन्तरालमा दुगड गु्रपमा अन्तरगतका विभिन्न ब्राण्डमा काम गरे । महिन्द्रा कमर्सियल भेहिकल, निसान गाडी, थ्री वीलर जस्ता अटोमोटिभ क्षेत्रमा काम गरेका उनी हाल टु वीलरका अप्रिलीया र भेस्पा ब्राण्डको प्रमुख भएर काम गरिरहेका छन् । मान्छेलाई काम गर्ने प्यासन भयो भने जुन सुकै काम गर्दा पनि मजा आउने उनी बताउँछन् । अटोमोबाईल क्षेत्रमा काम गर्ने रुचाउने उनी संग दुईपाग्रे गाडिको नेपाली बजार, प्रिमियर ब्राण्डमा नेपालीको क्रेज, अप्रिलीया र भेस्पा बाण्डको विषयमा उनी संग गरिएको कर्पोरेट कुराकानीः
भेष्पा र अप्रिलीया कस्ता उत्पादन हुन् ?
पियाजिओ ई.सं. १८८४ मा स्थापित भएको यो इटालियन कम्पनी हो । उक्त कम्पनी विशेष डिजाइन र प्रविधिको लागि विश्वमै ख्याति प्राप्त गर्न सफल भएको छ । पियाजिओले १९४६ देखी भेस्पाका स्कुटर उत्पादन शुरुगरेको थियो । नेपालमा २०१५ देखी भेस्पा ब्राण्डको विक्रि शुभारम्भ भएको हो ।२०१९ देखी नेपाली बजारमा दुगर्ड ब्रोदरस एण्ड सन्स प्रा।लिले भेष्पा र अप्रिलिया ब्राण्डका स्कुटर बिक्री गर्दै आएको छ । यसले छोटो समयमै नेपालीको मन जित्न सफल भएको छ । यही कम्पनीले अप्रिलीया ब्राण्डको स्पोर्टिङ्ग बाईक स्कुटर पनि बनाउँछ । अप्रिलीया २९४ ग्राण्ड पिक रेस मार्फत विश्वमै सबैभन्दा बढी रेस जिल्ने इतिहास बनाउन सफल भएको ब्राण्ड हो ।
नेपाली बजारमा प्रिमियर दुईपाङ्ग्रे सवारीको मार्केट कस्तो छ ?
नेपाली बजारमा दुईपाङ्ग्रो सवारीको बजार ठिक ठिकै अवस्थामा छ । अहिले आक्रमक बजार नभएपनि निरास नै हुने अवस्था छैन । हाम्रो जेनरल ब्राण्ड हैन । लाईफ स्टाइल ब्राण्ड भएकाले अलि महंगो हुन्छ । तर पनि नेपाली बजारमा १० प्रतिशत बजारको हिस्सा ओगट्न सफल भएका छौं । धेरैले इस्कुटी भनेको लेडिज भेहिकल भन्ने गरेको पाइन्छ ।
प्रिमियर ब्राण्डमा पनि त्यस्तै हो अवस्था ?
हामीले बेच्दै आएको ब्राण्ड युनीसेक्स ब्राण्ड हो । लेडिज एण्ड जेन्स दुवैले यसको प्रयोग गर्ने गरेका छन् । मान्छेले प्रिमियर ब्राण्डलाई स्कुटर चढ्छौ भन्ने भन्दा पनि गर्वका साथ अप्रिलिया वा भेष्पा चढ्छौ भन्छन् । हाम्रो ब्राण्डमा किन पनि के्रज छ भने पहिला जस्तो आकर्षक डिजाइन थियो अहिले पनि त्यहि छ । सामान्य स्कुटर चढेकाहरु पछि अप्रिलीया र भेष्पा चढ्ने चाहाना धेरैको हुन्छ । यी स्कुटर धेरैको आत्मसन्तुष्टीको ब्राण्ड पनि बनेका छन् ।
खासमा के छन् त्यस्ता विशेषता जसमा यी स्कुटर चढ्नेले गर्व गर्ने लायक ?
१५० सीसीको इन्जीन जडित विभिन्न ३–४ ओटा भर्सनमा उपलब्ध छन् स्कुटरहरु । मार्केटमा १५० सीसीको स्कुटरको प्रतिस्पर्धी बजारमा अहिले सम्म कोही छैन । पहिला भन्ने गर्थे १८ देखी ३५ वर्ष सम्मकाले स्कुटर चढ्छन् भन्ने धारणामै परिवर्तन आएको छ । इटालियन डिजाइन बोल्ड ग्राफिक्स, स्पीड, पावर, कम्र्फोटेवल, अन रोड र अफ रोड दुवैका लागी भएकोले सबैले मन पराउँछन् । अप्रिलीया नयाँ जेनेरेसनको बढी रुचाएका छन् भने भेष्पा वयस्कहरुले पनि रुचाएको ब्राण्ड हो । भेष्पा अरु इस्कुटरको भन्दा प्राईज धेरै भन्ने पनि गरिन्छ । त्यस्तो होइन साढे दुई लाख देखी ४ लाख सम्ममा विभिन्न सेगमेन्टमा खरिद गर्न सकिन्छ । केहिमा भ्रम पनि छ यी ब्राण्ड महंगो हुन्छ भनेर । अप्रिलीयाको हकमा नयाँ नयाँ भेरियन्टमा हामिले स्कुटर ल्याएका छौ जहाँ अहिले ग्रहाकको आकर्षण बढेको छ ।
कुन मोडलमा बढी आकर्षित छन् ग्रहाक ?
यहि मोडल नै धेरै जान्छ भन्नु भन्दा पनि लगभग उस्तै हो । तर अहिले अलि बढी १५० सीसीका अप्रिलीया स्कुटर किन्न रुचाउने धेरै छन् । भेष्पामा १२५ सीसीमा भीएक्सएल मोडल बढी आकर्षित छ ।
काठमाडौं उपत्यका बाहेक नेपालको कुन कुन ठाउँमा छ त्यसको शोरुम ?
हाम्रो नेपाल भरिको प्रमुख शहर भरिमा छन् । काठमाडौं बाहिर १८ ठाउँमा सेल्स सर्भिस र स्पेयर पार्टस् सहितको सेवा दिइरहेका छौं ।ग्रहाकले कुनैपनि सवारी किने पछि सर्भिस र स्पेयर पार्टस्को सुविधा बढी खोज्छन् ।
नजिकै तपाईहरुको सर्भिर सेन्टर नभएमा कसरी सेवा उपलब्ध गराउँदै आउनु भएको छ ?
हामीले अन द स्पोट सर्भिस दिन्छौ । हाम्रो सर्भिस सेन्टर नभएपनि हामीले स्पेयर पार्टस् पठाइदिन्छौं । जहाँ सर्भिस उपलब्ध गराउनु पर्ने हो त्यहाँ हामीले बाहिरबाट पनि मेकानिक पठाएर सेवा दिइरहेका छौं । तर अहिले सम्म त्यस्तो केश आएको छैन । आईहाल्यो भने पनि हामी रेडी पोजिसनमा रहेका छौं ।
प्रिमियम ब्राण्डले स्कुटर लामो दुरीको यात्राको लागि उपयुक्त हुँदैन भन्ने धारणा छ । प्रिमियम ब्राण्डले त्यो धारणालाई चिर्न सक्छ ?
प्रिमियम ब्राण्ड छोटो दुरीको लागि मात्र मान्छेले किन्दैन । मानौ कोही काठमाडौंबाट लामो दुरीमा जान पर्यो भने पनि सजिलै अप्रिलिया वा भेष्पाको स्कुटर चढेर जान सक्छ । हाईवयेमा पनि हाम्रा इस्कुटर मजाले कुदिरहेकै देखिन्छ । इस्कुटी पनि बाईक जस्तै भैसके । यसलाई अप्सनमा राख्दैनन् । किनकी हाम्रो अन्य इकुटरको भन्दा फ्युल ट्याङ्क बढी भएको हुनाले लामो यात्रामा तेल सकिने डर हुँदैन । पावर पनि धेरै छ । अर्को मेन्टेनेन्सको केसमा ग्रहाक ढुक्क छन् ।
कसैले अप्रिलिया वा भेस्पाको लागि फाईनान्सियल सहयोग खोज्दा सहजै पाउँछ कि …
हाम्रोमा कस्तो छ भने १० प्रतिशत भन्दा धेरैले फाइनान्सियल सर्पोट खोजेका छैनन् । प्रायजसो ग्रहाकले क्यासमै किन्नुहुन्छ । हामीले पनि ग्रहाकको चाहानालाई ध्यान दिदै बैंकसंग कुराकानी गर्दै उपलब्ध गराउँदै आएका छौं ।
सरकारी नीति नियमले नेपालमा प्रिमियर ब्राण्डको बजार विस्तारमा कस्तो प्रभाव पारको छ ?
हामीले सरकारी नीति हाम्रो फेभरमा भएपनि नभए पनि मान्नै पर्छ । अहिले अप्ठारो भनेको मार्केट नै हो । सरकारले बजेट समयमा खर्च गर्न नसक्दा हाम्रो मार्केट नै डाउन भएको छ ।
दुईपाग्रो सवारीको बजार बढाउन के गर्नुपर्छ ?
सबै भन्दा पहिला त मार्केटमा पैसा हुनुपर्यो । ग्रहाक संग पैसा भयो भने समान किन्छन् । यसरी चक्रिय हुन्छ र दुईपाग्रो भनेको कम आय भएको वर्गले पनि अफोर्ड गर्न सक्ने प्रोडक्ट हो । यसमा पनि हाम्रो प्रिमियर ब्राण्ड हो । लाईफ स्टायल प्रोडक्ट भएकोले हाम्रो लक्ष्य मास होइन तर नेपालको १५ प्रतिशत बजार ओगट्ने लक्ष्य राखेका छौं ।
FACEBOOK COMMENTS