काठमाडौँ, आश्विन २२ – दसैँ तिहार लगायतका ठूला चाडपर्व नजिकिँदै गर्दा विगतका वर्षमा बजार चहलपहल थेगिनसक्नु हुन्थ्यो । तर यो वर्ष बजार सुनसान छ । कोरोना भाइरसको विश्व महामारीले बजारमा सधैँझैँ चहलपहल बढ्न सकेको छैन ।
६ महिना लामो लकडाउन र निषेधाज्ञापछि बजार खुले पनि महामारीको भयले ग्राहक बजारसम्म पुग्न सकेका छैनन् । केही होलसेलतिर सामान खरिद गर्नेहरू बढे पनि खुद्रा व्यापारीहरू भने ग्राहक कुरेर बसिरहेका छन् ।
महामारीकै बीच अर्थतन्त्रलाई चलायमान बनाउन उद्योगधन्दा, व्यापार व्यवसायलाई सञ्चालन गर्न दिन माग गर्दै आएका उद्योगी व्यवसायीहरूले यतिबेला चाडबाडलाई मध्यनजर गर्दै विभिन्न अफर सार्वजनिक गरिरहेका छन् । तर महामारी र लकडाउनका कारण कतिपयले रोजगारी गुमाउनुपरेको अवस्था त कति थोरै मात्र पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यताका कारण सर्वसाधारण चाडवाड मनाउने र किनमेल गर्ने मुडमा देखिँदैनन् ।
तर पनि बजारमा यतिबेला राष्ट्रियदेखि अन्तर्राष्ट्रिय ख्याति प्राप्त कम्पनी, इन्टरनेट सेवा प्रदायकदेखि टेलिकम, बैङ्क तथा वित्तीय संस्थादेखि ई–कमर्स कम्पनी लगायतले चाडपर्वको अवसरमा विशेष छुट र आकर्षक योजना लिएका आएका छन् ।
कोरोना महामारीले बजारसम्म जान नसक्ने ग्राहकलाई डिजिटल भुक्तानी गर्न प्रेरित गरिएको छ । यसबाट घरमै बसीबसी फाइदा लिन सकिन्छ ।
कुन कम्पनीका अफर आकर्षक छन् त ? कस्ता कस्ता अफरहरू यतिबेला बजारमा आएका छन् ? अनि अफरको फाइदा कसरी लिने त ? हामीले विभिन्न कम्पनी, ब्रान्ड तथा सेवाप्रदायका अफर प्याकेजलाई यहाँ समेटेका छौँ ।
एनसेलको ‘कुरैकुरामा उपहार’
एनसेल आजियाटाले दसैँ, तिहार र छठ पर्वको अवसरमा आफ्नो भ्वाइस सेवाका ग्राहकका लागि आकर्षक योजना ‘कुरैकुरामा उपहार’ ल्याएको छ । यस योजनाअन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राष्ट्रिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा प्रयोग गरी आकर्षक उपहार जित्ने मौका पाउनेछन् ।
दैनिक, साप्ताहिक र बम्पर उपहार यो योजनाको मुख्य विषेशता हुन् । प्रिपेड ग्राहकले भ्वाइस सेवाको प्रयोग गरी जति धेरै कुराकानी गर्छन् त्यति नै धेरै उपहार जित्ने मौका पाउनेछन् । यो आकर्षक योजना आइतबार (असोज १८) देखि लागू भई आठ हप्ता अर्थात मङ्सिर १३ सम्म कायम रहनेछ ।
चाडपर्वको अवसरमा ल्याइएको यो योजनाबाट फाइदा लिन एनसेलका प्रिपेड ग्राहकले १७१०७ मा डायल गरी सजिलै निःशुल्क सहभागी हुन सक्नेछन् ।
उपहारमा निश्चित मिनेटको भ्वाइस कल गर्ने ग्राहकलाई दैनिक अन नेट बोनस टक टाइम, हरेक दिन ७०० जना ग्राहकलाई २०० बोनस, ७ जना ग्राहकलाई सामसुङ ग्यालेक्सी एम०१एस र बम्पर उपहारमा २ जना ग्राहकलाई सामसुङ ग्यालेक्सी नोट २० रहेका छन् ।
योसँगै एनसेलले अन्य अफरहरू पनि ल्याएको छ । दैनिक धेरै मिनेट कुरा गर्ने ग्राहकमध्ये प्रत्येक प्रदेशबाट हरेक दिन १०० जना भाग्यशाली ग्राहकले उपहार पाउनेछन् । जसमा २०० बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । त्यसैगरी यो योजना अवधिभर सबैभन्दा बढी मिनेट कुरा गर्ने दुई भाग्यशालीले बम्पर उपहारमा सामसुङ ग्यालेक्सी नोट २० पाउनेछन् ।
फोर्डको गाडी खरिदमा छुटैछुट
फोर्ड गाडीहरूको अधिकृत बिक्रेता जीओ अटोमोबाइल्सले ‘फोर्ड फेस्टिभ अफर’ सार्वजनिक गरेको छ । जसमा नगद छुट, आर्थिक वर्षका लागि सडक कर र एक वर्ष निःशुल्क बीमा जस्ता नियमित लाभहरू पनि लिन सकिन्छ ।
यो वर्ष फोर्ड फेस्टिभ अफरअन्तर्गत ग्राहकहरूको सुविधालाई ध्यानमा राखी, ग्राहकहरूले उपलब्ध तीन अफरमध्ये एउटा छनोट गर्न सक्छन् । त्यसभित्र नगद छुट, आर्थिक वर्षका लागि सडक कर र एक वर्ष निःशुल्क बीमा जस्ता नियमित लाभहरू पनि लिन सक्छन् । गाडीको बुकिङमा नगद छुट, सडक कर र बीमाको नियमित लाभबाहेक अन्य योजना पनि छन् ।
ग्राहकले बक्सबाट ३ वटा स्क््रयाच कार्ड छनोट गरी चार लाख ५० हजारसम्म जित्ने मौका पाउने छन् । प्रत्येक स्क््रयाच कार्डमा ग्यारेन्टी मूल्य २५ हजार रहेको र बढीमा यो एक लाख ५० हजारसम्म हुनेछ ।
त्यसैगरी ६ महिने ईएमआई होलिडे योजनाअन्तर्गत ग्राहकलाई पहिलो ६ महिना बैङ्कलाई किस्ता भुक्तानी गर्नु नपर्ने हुनाले मासिक किस्ताको तनावबाट छुटकारा दिनेछ । यो योजना माछापुच्छ«े बैङ्कमार्फत उपलब्ध हुनेछ र जीओ फोर्डले ग्राहकको पहिलो ६ महिनाको ब्याज बापतको रकम तिरिदिनेछ । यो योजनामा ग्राहकले एसेसरिज र बीमा पनि प्राप्त गर्दछन् ।
अर्को हो स्थगित भुक्तानी (डिफर्ड पेमेन्ट), यो योजनाअन्तर्गत ग्राहकले ३० प्रतिशत रकम डाउन पेमेन्टका साथ बैङ्कबाट जारी ५० प्रतिशतको डेलिभरी अर्डर दिई गाडी डेलिभरी लिन सक्नेछन् । बाँकी २० प्रतिशतका लागि ग्राहकलाई ४ महिनाको थप अवधि प्रदान हुनेछ ।
यो योजना फोर्ड फिगो, फोर्ड एस्पाएर, फोर्ड फ्री स्टाइल र फोर्ड इकोस्पोर्टस्को भेरियन्टहरूमा उपलब्ध छ ।
सुजुकीको ‘पर्वोत्सव’
सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ११ असोजदेखि दसैँ तिहारभरीका लागि ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।
यो योजनाअन्तर्गत ग्राहकले तीन लाख ५० हजार रुपैयाँ बराबरको नगद छुट, दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, न्यूनतम २० प्रतिशत डाउन पेमेन्ट, १ वर्षको सवारी बीमा र गाडीका एसेसोरिज निःशुल्क पाउनेछन् । साथसाथै कुनै पनि व्यक्तिले अरूलाई सुजुकी अल्टो, एस्प्रेसो तथा सुपर क्यारी खरिद गर्न सल्लाह दिई बिक्री कारोबार भएमा आकर्षक नगद पुरस्कार पाउनेछन् ।
बजाजको ‘रोजेरै खुसी’
यता बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले ‘खुसी खोज्ने होइन रोज्ने’ भन्ने नारा सहित ‘रोजेरै खुसी’ योजना सार्वजनिक गरेको छ ।
रोजेरै खुसी योजनाअन्तर्गत ग्राहकहरूले बजाजको कुनै पनि नयाँ मोटरसाइकलको खरिदमा तीनवटा अफर १० हजारको नगद छुट पाउने, अथवा ५० प्रतिशत डाउन पेमेन्टमा ० प्रतिशत ब्याज वा २० प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङको सुविधामध्ये कुनै एक अफर छनोट गरी लाभ लिन सक्नेछन् । यो योजना देशभरका सबै बजाज सोरुमहरूमा उपलब्ध छ ।
निसान गाडीमा २० लाखसम्मको नगद छुट
निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले पनि चाडपर्वको अवसरमा ‘निसान धमकेदार दसैँ, तिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ ।
यस अफरअन्तर्गत शून्य प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सकिनेछ । साथै ९ महिनासम्मको ईएमआई पनि कम्पनीले नै तिरिदिनेछ । उक्त अफर नलिएको खण्डमा बढीमा २० लाखसम्मको नगद छुट प्राप्त हुनेछ । यसका साथै ३५ हजार नौ सय ९९ रुपैयाँ बराबरको रेडभी नोट ९प्रो म्याक्स मोबाइल फोन प्राप्त गर्नेछन् ।
यो योजनाअन्तर्गत ग्राहकहरूले हरेक निसान गाडीको खरिदमा ५० हजारसम्मको फ्री एसेसरिज, १ वर्षको निःशुल्क बीमा, १० वर्षको सम्मको फाइनान्सिङ, बस हाई प्रेसर वासर ३ वर्षको वारेन्टी, ३ वर्षसम्म फ्री सर्भिसिङ, लोयल्टी बोनस, चालू आ.व.को सडक कर र स्पट एक्सचेन्जको सुविधा पनि लिन सकिनेछ ।
‘टीभीएस दसैँको आशा’
टीभीएस टू–ह्विलर्सको वितरक जगदम्बा मोटर्सले ‘टीभीएस दसैँको आशा’ योजनाअन्तर्गत हरेक हप्ता गोला प्रथा गरी विजेता घोषणा गर्दै आएको छ । जसमा विजेताले टीभीएस अपाचे आरआर ३१० जित्ने अवसर पाउने छन् ।
यस योजनामा सहभागिता जनाउन टीभीएसको मोटरसाइकल खरिद गरेकै हुनुपर्ने भन्ने छैन । ‘टीभीएस दसैँको आशा’ योजनाअन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९ हजार र स्कुटरको खरिदमा ७ हजार रुपैयाँ छुट प्राप्त गर्न सकिन्छ । त्यसैगरी ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर ० प्रतिशत ब्याजदरमा खरिद गर्न सकिन्छ । बम्पर उपहारका रूपमा, हरेक हप्ता एक जनाले जित्न सक्ने छन् आरआर ३१०, जुन टीभीएसकै सबैभन्दा महँगो मोटरसाइकल हो ।
भेस्पा अप्रिलियामा ५० हजार नगद छुट
भेस्पा र अप्रिलिया स्कुटरको अधिकारिक बिक्रेता दुगड ब्रदर्स एन्ड सन्सले दसैँ तिहार लक्षित योजना ल्याएको छ ।
यस योजनामा भेस्पा र अप्रिलिया किन्न इच्छुक ग्राहकहरूले स्क्र्याच कार्डमार्फत ५ हजारदेखि ५० हजारसम्मको नगद छुट र ० प्रतिशत व्याजदरमा पनि खरिद गर्न सक्नेछन् ।
भेस्पा र अप्रिलियाको अफिसियल हेल्मेट, फुटम्याट, स्कुटर कभर र किरिङको साथै १ आर्थिक वर्षको फ्री रोड ट्याक्स र १५० सीसी भेस्पाको खरिदमा १० हजार बराबरको फ्री पेरिमिटर किट पनि उपलब्ध गराएको छ ।
कम्पनीले अनलाइनबाट नै स्कुटर बुकिङ गर्न सकिने र ग्राहकले चाहेको स्थानमा फ्री डेलिभरी समेत गराउँछ ।
‘दसैँको पर्व हिरोत्सवको हर्ष’
नेपाल जनरल मार्केटिङले ‘दसैँको पर्व हिरोत्सवको हर्ष’ भन्ने नयाँ योजना ल्याएको छ । यस योजनाअन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ५ हजार पक्का डिस्काउन्ट, स्क्र्याच कार्डमार्फत एक लाखसम्म पाउन सक्ने र बम्पर लक्की ड्रमार्फत १ जनाले १ लाख नगद पाउनेछन् ।
सामसुङ : ‘जोड्दै खुसी, सजाऔँ जिन्दगी’
सामसुङले ‘जोड्दै खुसी, सजाऔँ जिन्दगी’ फेस्टिभ अफर ल्याएको छ । यो अफरअन्तर्गत सामसुङका कन्जुमर इलेक्ट्रोनिक्स उत्पादनहरू टीभी, रेफ्रिजेरेटरर वासिङ मेसिनको खरिदमा अधिकतम ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिन्छ ।
बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै सामसुङ प्लाजाको आधिकारिक वेभसाइटबाट पनि सामसुङका उत्पादनहरू खरिद गर्ने वैकल्पिक सुविधा पनि ग्राहकहरूलाई प्रदान गरिएको छ । सामसुङले टीभीहरूमा २ वर्ष (१ वर्ष फुल प्रोडक्ट वारेन्ट र थप १ वर्ष प्यानलमा) को वारेन्टी प्रदान गरेको छ ।
एनआईसीका ग्राहकलाई सुजुकीको दुई पाङ्ग्रे सवारी खरिदमा विशेष छुट
चाडपर्वको अवसर पारेर बैङ्कहरूले पनि विभिन्न कम्पनीहरूसँगको सहकार्यमा विशेष छुट योजनाहरू ल्याएका छन् । एनआईसी एसिया बैङ्कले आफ्ना डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि भीजी अटोमोबाइलबाट सुजुकी ब्रान्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा १५ हजार रकम छुट प्रदान गर्ने जनाएको छ । यो योजना २०७७ मङ्सिर ५ गतेसम्म लागू हुनेछ ।
बैङ्कले कोरोनाभाइरस सङ्क्रमणको जोखिम कम गर्न नगद रकम कारोबारको सट्टा डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न आकर्षक योजनाहरू सञ्चालन गर्दै आएको छ ।
नबिल मुद्दती खातामा ९ प्रतिशत ब्याजदर, ७.४९ प्रतिशतमा घर कर्जा
नबिल बैङ्कले चाडपर्वको अवसर र कोभिड १९ महामारीको विषम परिस्थितिलाई मध्यनजर गरी मुद्दती खातामा रकम जम्मा गरी उच्चतम ब्याजदरको लाभ लिन सकिने योजना ल्याएको छ ।
बैङ्कले १३ देखि २४ महिनासम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरूलाई वार्षिक ९ प्रतिशत ब्याजदर प्रदान गरेको छ । त्यस्तैगरी १ वर्षसम्मको मुद्दती खातामा बैङ्कले ८.५ प्रतिशत ब्याजदर प्रदान गरेको छ । २ वर्षभन्दा माथि र ५ वर्षसम्मको व्यक्तिगत मुद्दती खातामा वार्षिक ९.२५ प्रतिशत ब्याजदर र ५ वर्षभन्दा माथि व्यक्तिगत मुद्दती खातामा वार्षिक ९.५० प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यस योजनाअन्तर्गत प्रदान गरिएका कर्जाहरूमा एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने पनि बैङ्कले जनाएको छ ।
साथै कर्जा अन्तर्गत घर कर्जामा ७.४९ प्रतिशत, धितो कर्जामा र व्यक्तिगत ओभरड्राफ्टमा ७.९९ प्रतिशत ब्याजदरमा कर्जा प्रदान गर्ने निर्णय बैङ्कले गरेको छ । त्यसैगरी साना तथा मझौला कर्जामा, एक करोडसम्मको कर्जामा ७.४९ प्रतिशत, एक करोडभन्दा माथिको कर्जामा ७.९९ प्रतिशत ब्याजदरमा कर्जा प्रदान गर्ने निर्णय बैङ्कले गरेको छ ।
माछापुच्छे«को क्यासब्याक र २०/२० स्मार्ट योजना
माछापुच्छे« बैङ्कले पनि चाडबाडको समयमा हुने किनमेललाई ध्यानमा राख्दै डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैङ्किङ प्रयोगकर्ताहरूलाई क्यासब्याक अफर दिएको छ ।
उक्त योजनाअन्तर्गत ग्राहकहरूले माछापुच्छ«े बैङ्कको डेबिट कार्ड तथा क्रेडिट कार्डबाट पीओएस वा ई–कमर्स साइटहरूमा भुक्तानी गर्दा साथै मोबाइल बैङ्किङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा २० प्रतिशत वा बढीमा २ सयसम्मको क्यासब्याक अफर प्राप्त गर्न सक्नेछन् ।
कोभिड–१९ को जोखिम बढी नै रहेको र चाडबाड नजिकिएको समयमा डिजिटल कारोबारलाई प्रोत्साहित गर्न बैङ्कले २०÷२० स्मार्ट योजना पनि सञ्चालनमा ल्याएको छ ।
सानिमा बैङ्कको ‘दसैँ धमाका’
सानिमा बैङ्कले ‘दसैँ धमाका’ योजना ल्याएको छ । अनलाइन सपिङ पोर्टल दराजसँगको सहकार्यमा बैङ्कको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले दराजबाट सामान खरिद गर्दा २० प्रतिशत वा अधिकतम २ हजार ५ सयसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्नेछन् । योजना अवधिभर सहभागी हुने ग्राहकहरूलाई बैङ्कले ‘फर्स्ट कम फर्स्ट सर्भ’को आधारमा छुट प्रदान गर्नेछ । यो योजना यही १९ आश्विनदेखि कात्तिक २ गतेसम्म २ साताका लागि लागू हुनेछ ।
‘बर्जर कलर स्प्लास’ फेस्टिभ अफर
यता सजावटी रङहरूको उत्पादन गर्दै आएको बर्जर पेन्टस् एन्ड निकल्सन (नेपाल)ले असोज १५ गतेदेखि बर्जर कलर स्प्लास’ योजना ल्याएको छ ।
यस योजनाअन्तर्गत १०० वर्ग फिट बराबरको सिल्क डिजाइन पेन्टस् पक्का उपहार प्राप्त गर्न बर्जर पेन्ट्सको योजनामा उल्लेखित ब्रान्डहरू खरिद गर्नु पर्नेछ । जसमा १ जना भाग्यशाली बिजेताले बम्पर पुरस्कारमा नगद ५ लाख प्राप्त गर्नेछन् । अन्य पुरस्कारहरूमा २ लाख २ जनालाई, ५० हजार ५ जनालाई र सामसुङ मोबाइल फोन १०० जनालाई प्रदान गर्ने कम्पनीले जनाएको छ ।
उपभोक्ताहरूले बर्जर पेन्टसले रङ्ग्याइएको घरको फोटो अपलोड गरेर डिजिटल प्रतियोगितामा पनि भाग लिन सक्नेछन् र सहभागीहरूमध्ये उत्कृष्ट २८ घरधनीले विभिन्न आकर्षक नगद पुरस्कार जित्न सक्नेछन् ।
‘भायनेट बडा दसैँमा बडा टीभी’
भायनेटले ‘भायनेट बडा दसैँमा बडा टीभी’ योजनामा ग्राहकलाई टेलिभिजन सेट र क्यास भौचर प्रदान गर्नेछ । यस योजनाअन्तर्गत भायनेटका ग्राहकहरूले ४३ इन्चको स्काई वर्थ एलईडी टीभीको साथ ३० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान र भायटीभी सेवा मात्र ४१ हजार ९ सय ९० प्राप्त गर्नेछन् । ३२ इन्चको स्काई वर्थ एलईडी टिभीको साथ ३० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान र भायाटीभी सेवा २८ हजार ९ हजार ९० प्राप्त गर्नेछन् ।
यति मात्र होइन यो चाडपर्वलाई अझै रमाइलो बनाउन भायानेटले ईसेवाको ६ सय ५० सम्मको क्यास भौचर प्रदान गर्दैछ भने पुराना ग्राहकले थप ६ सयसम्मको छुट पनि प्राप्त गर्नेछन् ।
‘दराज दसैँ धमाका’
अनलाइन सपिङ साइट दराजले वर्षकै सबैभन्दा ठूलो दसैँ सेल ‘दराज दसैँ धमाका’ लिएर आएको छ । असोज १९ (अक्टोबर ५) देखि सुरु भएको यो योजनामार्फत दिनहुँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा उपभोक्ताले आफ्नो घरमै सुरक्षित भई दसैँको किनमेल गर्न सक्नेछन् ।
यस अभियानअन्तर्गत उपभोक्ताले राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरूमा मेगा डिल्स्, दराज मलमा
पाहिने ब्रान्डेड उत्पादनमा भारी छुट, आकर्षक भौचरहरू, बम्पर उपहारमा टीभीएस अपाचे आरटीआर १६० ४भीएसडी, कार्ड प्री–पेमेन्टमा छुट, फ्ल्यास सेल्स, निःशुल्क वितरण, हट पिकहरू, रोमाञ्चक मोबाइल गेमहरू, दराज वन रुपी गेम, विल अफ फोर्च्युन र अन्य धेरै आकर्षणको लाभ उठाउन सक्नेछन् ।
त्यसैगरी दराजले बैङ्कहरूसँग साझेदारी गरी डेबिट र क्रेडिट कार्डमार्फत पूर्व भुक्तानीमा २० प्रतिशत (अधिकतम २५ सय रुपैयाँ) सम्मको छुटको पनि व्यवस्था गरेको छ ।
सेल पेमार्फत ग्यापुमा सपिङ गर्दा १०० प्रतिशतसम्म क्यासब्याक
ग्यापु डटकमबाट सामान किन्ने ग्राहकमध्ये दैनिक एक जनाले सेल पेको तर्फबाट १०० प्रतिशतसम्म क्यासब्याक पाउने छन् । भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले दसैँ तिहार धमाकाअन्तर्गत ग्यापु र विभिन्न कम्पनीसँगको सहकार्यमा यस्तो योजना ल्याएको हो ।
योसँगै सेल पेले बम्पर उपहार पनि ल्याएको छ । जसमा एक–एक जना भग्यशाली ग्राहकले ओस्मो एक्सन र माभिक मिनी फ्लाई ड्रोन पाउनेछन् । योे योजना असोज १८ देखि २४ गतेसम्म मात्रै हुनेछ ।
स्मार्ट डोकोको ‘स्मार्ट दसैँ अफर’
यता सेल पेमार्फत भुक्तानी गरी स्मार्ट डोकोमार्फत सामान खरिद गर्दा हरेक दिन सामसुङ स्मार्टफोन जित्न सकिन्छ । स्मार्ट डोकोको ‘स्मार्ट दसैँ अफर’ अन्तर्गत सेलपेमार्फत सामान खरिद गर्दा विभिन्न ब्रान्डमा छुटको पनि व्यवस्था छ ।
स्मार्ट डोकोमा साममङ, प्यानासोनिक, बाल्ट्रा, डाक्टर ब्राउन, क्रेन, ड्रिमबाबी, डीजेआई, एनर्जाइजर, केटीएम सिटी, निभिया र अन्य धेरै ब्रान्डका सामान भारी छुटमा राखिएका छन् । ग्राहकले १० हजारभन्दा धेरैथरीका सामान जस्तैः खाद्यान्न, कोभिड एसन्सियल, मोबाइल फोन, इलेक्ट्रोनिक्स, फेसन आइटम र बेबी केयर जस्ता स्मार्ट डोकोमार्फत् किनमेल गर्न सकिन्छ ।
प्रभु पेको क्युआर प्रयोग गर्दा मोबाइल टीभी सित्तैँमा
दसैँको अवसरमा ग्यापुमा सपिङ गर्ने उपभोक्ताले प्रभु पेको मोबाइल वालेटबाट भुक्तानी गर्दा १० प्रतिशत अधिकतम ५ सय रुपैयाँ क्यास ब्याक पाउनेछन् । ग्यापुको दसैँ तिहार धमाकाअन्तर्गत दिइने क्यासब्याक २५ लाख बराबरको रहने बताइएको छ ।
प्रभु पेले ग्यापुमा सपिङ गर्ने उपभोक्तामध्ये हरेक १५ दिनमा १ जना भाग्यशाली ग्राहकलाई १ वर्षको सबक्रिप्सन, सेटअप बक्स र इन्स्टलेसनसहित प्रभु टीभी दिने जनाएको छ । त्यस्तै दसैँ धमाकाको अन्त्यमा १ जना लक्की ग्राहकलाई प्रभु पेको तर्फबाट एउटा वासिङ मेसिन पनि मिल्नेछ ।
FACEBOOK COMMENTS