काठमाडौं, माघ ४ – बन्दुकधारीहरुले अफ्गानिस्तानको काबुलस्थित सर्वोच्च अदालतका दुई महिला न्यायाधीशहरुको हत्या गरेका छन्। आइतवार बिहान आफ्नो कार्यालय जाने क्रममा उनीहरुको हत्या भएको द गार्डियनले उल्लेख गरेको छ।
अधिकारीहरुको हत्याको लहर बढ्दै जाने क्रममा सो घटना भएको हो। अदालतका प्रवक्ता अहमद फहिम कवीमका अनुसार अदालतको गाडीमा कार्यालय जाने क्रममा सो आक्रमण भएको थियो।
‘दुर्भाग्यवश् आजको आक्रमणमा हामीले दुई महिला न्यायाधीशलाई गुमायौँ। उनीहरुका चालक घाइते भएका छन्,’ कवीमले भने, ‘उनीहरु गाडीमार्फत कार्यालय जाँदै थिए।’ प्रवक्ताका अनुसार उनीहरु अदालतमा कार्यरत २०० भन्दा बढी महिला न्यायाधीशमध्येका हुन्।
FACEBOOK COMMENTS