काठमाडौं, १५ बैशाख – बुद्धिजिवी हरि चन्द ‘अग्नि पुंज’ ले नेकपा भित्रको सम्भावित राजनीतिक ‘सिनारियो’ बारे सटिक विश्लेषण गरेका छन् । चन्दले अबको सम्भावित राजनितिक घटनाक्रमले कुन मोड लिन सक्छ भन्ने कुरालाई तीन फरक कोणबाट विश्लेषण गरेका छन् । उनको विश्लेषण नेकपाका तीन नेतामा केन्द्रित छ । अबको देशको सत्ता र नेकपाको मुल नेतृत्व ति तीन नेताको वरिपरि घुम्ने विश्लेषण उनको छ । उनको फेसबुक वालमा आफ्नो विचार प्रस्तुत गर्दै चन्दले निष्पक्ष विश्लेषण गरेको दर्शाएका छन् । कस्तो छ चन्दको विश्लेषण अबको सम्भावित राजनीतिक
‘सिनारियो’: #निष्पक्ष_विश्लेषण ———————————————————————- १-ओली र नेपाल बीच जारी निर्णायक वार्ता पछि ओलीले पार्टी अध्यक्ष नेपाल लाई छोड्ने, ओलीले बाँकि पुरै अवधि सरकार चलाउने ।
२- एक ब्येक्ति एक पदको व्यवस्था तलदेखि माथिसम्म सबै तिर लागु गर्ने ।
३- उस्तै परे मुख्मंत्रीहरुमा समेत हेरफेर हुनसक्ने ।
४- मन्त्रीमंडल पुनर्गठन हुन सक्ने
५- ओली – नेपाल समझदारीबाट पार्टी फुटको सम्भावना जोगिने ।
अलि परको ‘सिनारियो’: ————————–
१- प्रचण्ड र नेपाल पार्टी अध्यक्ष हुदा यी दुई अध्यक्षबीच पार्टी नेतृत्व को लागि लडाई हुने ।
२- ओली-प्रचण्ड द्वन्द प्रचण्ड-नेपाल द्वन्दमा रुपान्तरण हुने ।
३- दुवै अध्यक्षले आफ्नो प्रभाव बलियो पार्न ओलीको साथ् खोज्ने र ओलीलाई साथ् दिन प्रतिस्पर्धा गर्ने ।
४-ओली फेरी पनि पार्टीमा निर्णायक हुने अवस्था आउने ।
५- महाधिबेशन आउदा सम्म नेपाल-प्रचण्ड प्रतिस्पर्धाले चरम रुप लिने ।
६- ओली पक्षले शक्ति संचयको रणनीति अपनाउदै दुवै पक्षलाई सन्तुलनमा राख्दै आघि बढ्ने ।
७- प्रचण्ड-नेपाल को द्वन्द को फाइदा फेरी पनि ओली पक्षले लिन सक्ने ।
सम्भावित खराब सिनारियो: ——————————- ओलीलाई तत्काल दुवै स्थानबाट हटाइयो भने पार्टी तत्कालै फुट्न सक्ने ।
सल्लाह: ——– १- ओलीले नेपाललाई अध्यक्ष छोड्दा उनि सुरक्षित हुन सक्ने । त्यसैले नेपाललाई अध्यक्ष छोडेको राम्रो ।
२- नेपालले ओलीलाई दुवै स्थानबाट हटाउने खेल नगरेकै राम्रो, त्यसो गर्दा पार्टी फुटको दोष प्रचण्ड भन्दा बढी नेपालमा जान सक्ने र फाइदा ओलीलाई नै हुने ।
३-प्रचण्डले पुर्व एमालेबीच द्वन्द पैदा गराएर भन्दा दुवै पक्षको विश्वास जिते आगामी महाधिबेशनमा उनि अध्यक्ष बन्न सक्ने नत्र जटिल ।
FACEBOOK COMMENTS